अजिरकोट गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

अजिरकोट गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

गोरखाको अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले शनिबार आयोजित नवौँ गाउँ सभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
अध्यक्षद्वारा प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभा सदस्यबाट सर्वसम्मत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले बताए ।

कोरोना रोमथाम नियन्त्रण र उपचारलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । साथै शिक्षा स्वास्थ्य, रोजगारीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत दवाडीले बताए ।
स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने खालका ब्यवसायिक कृषि कार्यक्रम, पशुपालन, पर्यटन र पूर्वाधार लक्षित नीति कार्यक्रम तय भएको उनले बताए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *