गोनपा १ का ६१९ घरधुरीलाई स्वास्थ्य सामग्री बितरण

गोनपा १ का ६१९ घरधुरीलाई स्वास्थ्य सामग्री बितरण

गोरखा
गोरखा नगरपालिका वडा नम्बर १ मा शनिवार छ सय १९ लाई राहत बितरण गरिएको छ ।

वडा अध्यक्ष हिक्मत बहादुर कुँवर, ताप्ले स्वास्थ्य चौकी प्रमुख, पार्टीका प्रतिनिधि सहितको उपस्थितीमा सामग्री बितरण गरिएको उक्त कार्यक्रमको समन्वयकर्ता सुदिप पनेरुले बताए ।
मास्क, साबुन, लगायतका सामग्री वडा अध्यक्ष कुँवर, अमित भट्ट र सुदिप पनेरुले हस्तान्तरण गरेका हुन् ।

ताप्ले घर भई बिभिन्न ठाउँमा रहेका र अन्य केही ब्यक्ति समेतको सहयोगमा उक्त सामग्री संकलन गरि बितरण गरिएको हो । जिल्ला प्रहरी कार्यालयलाई र वडालाई गरी ३४ हजार मास्क ल्याइएको थियो ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *