प्रमुख लामा रिम्पोछेको सहयोगमा सल्लेरीका बाढीप्रभावितलाई राहत वितरण

प्रमुख लामा रिम्पोछेको सहयोगमा सल्लेरीका बाढीप्रभावितलाई राहत वितरण

गोरखा ।
गोरखाको चुमनुब्री गाऊँपालिका वडा नम्वर ३ सल्लेरीका बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराइएको छ ।
सामागाऊँ घर भएका काठमाण्डौको बौद्धस्थित पुरानो सेतो गुम्बाका प्रमुख लामा फक्च्योक रिम्पोछेले खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको हो ।

सल्लेरीका २६ घरधुरीका लागि डाइनिङ टेन्ट १० थान, ब्ल्यांकेट ५ थान, खानेतेल ३ कार्टुन, चिउरा र दालमोठ ५ बोरा, दाल ३ बोरा सहित म्याट्रेस र स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

काठमाण्डौंबाट सल्लेरीसम्म सामान ढुवानीका लागि हेलिकप्टर भाडा सहित लामा गुरु रिम्पोछेले करीव ६ लाख रुपैयाँको सामग्री उपलब्ध गराउनुभएको सहयोगका लागि समन्वय गरेको संस्था चुमनुब्री मिलन समाजका अध्यक्ष वीरबल घलेले बताउनुभयो ।

सामग्री सहयोगका लागि समन्वय गर्ने गायक छिरिङ लामा र वितरण गर्न सहयोग गर्ने लामा सुनाम डुण्डुपलाई समाजले धन्यवाद ब्यक्त गरेको छ । बूढीग््ण्डकी नदिको कटानका कारण सल्लेरीका ४ घर बगेको छ भने वस्तीका अन्य घर जोखिममा परेका छन् । प्रभावितहरुलाई वस्ती माथिको सुरक्षित स्थानमा टेन्ट र त्रिपालको अस्थायी बसोबासको ब्यवस्था मिलाइएको छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *