थपिएको निषेधाज्ञामा गोरखामा चहलपहल बढ्यो

थपिएको निषेधाज्ञामा गोरखामा चहलपहल बढ्यो

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाले जेठ २५ गतेसम्म निषेधाज्ञा थपेको छ । तर निषेधाज्ञा थपिएपछि आईतवार र सोमवार भने अन्य दिनको तुलनामा गोरखा सदरमुकाममा चहलपहल बढेको छ ।
बैंक तथा बित्तीय संस्थाले कारोबार गरिरहेका छन् । बैंक अगाडि सेवाग्राहीको लाम लागेको थियो । खाद्यान्न पसलमा पनि मानिसको चहलपल बाक्लो छ ।

निर्माण सामग्री बोकेका सवारी साधन दिउँसो पनि चल्न पाउने निर्णयले १० दिन थपिएको निषेधाज्ञाको पहिलो दिन बजार केही खुकुलो छ । लामो समयको निषेधाज्ञा जारी भएको र पटक–पटक थप भएकाले सर्वसाधारणको चहलपहल बजारमा आईतवार दिनभर बाक्लो थियो ।
निर्माण सामग्री ढुवानी रातीमा गर्न दिने यस अघिको निर्णयलाई परिर्वतन गर्दै डिसिसिएमसीले आईतबारदेखि दिउँसोको समयमा ढुवानी गर्न पाउने ब्यवस्था गरेको हो ।

स्थानीय तहका प्रमुखहरुको अनुरोधमा उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । तर ढुवानीका साधनमा चालक र सहचालक परिचय पत्र सहित दुई जना मात्र सवार हुन पाउनेछन् । निर्माणका काममा खटिने मजदुर जिल्ला भित्रै एकठाउँबाट अर्को ठाउँमा जानका लागि अनुमति लिएर लैजान सकिनेछ ।
स्रोत : daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *