गोरखा दरबारमा १८ औँ सवालाख रोट महोत्सव सुरु, कोरोनाका कारण रौनक छैन

गोरखा दरबारमा १८ औँ सवालाख रोट महोत्सव सुरु, कोरोनाका कारण रौनक छैन

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा बुधवारदेखि सवालाख रोट महोत्सव सुरु भएको छ ।

सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा हरेक वर्ष चण्डिपूर्णिमाको दिन देखि ११ दिन सम्म चल्ने रोट महोत्सवको कोरोना प्रभावका कारण रौनक भने छैन । यस वर्ष नित्यपुजा अन्र्तगत रोट चढाइएको केन्द्रका केन्द्रिय अध्यक्ष रामजी अर्यालले बताए ।
गत वर्षदेखि कोरोनाको प्रभावले रोट महोत्सव समान्य रुपमा गरिएको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए । ‘आन्तरिक रुपमा मात्रै रोट चढाईन्छ, भक्तजन आउने, रोट चढाउने काम बन्द गरिएको छ’ उनले भने ।

राजा पृथ्वीनारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बैशाख पूर्णीमादेखि ११ दिन सम्म रोट चढाउँदै आएको छ ।
‘यस अघिको १६ औँ वर्षमा सर्वसाधारण भक्तजनले पनि रोट अर्पण गर्नुहुन्थ्यो’ सिद्धाश्रम शक्ति केन्द्रका केन्द्रिय संयोजक रामजी अर्यालले भने ‘गत र यो वर्ष नित्यपुजा अन्र्तगत रोट चढाएर परम्परालाई निरन्तरता मात्रै दिएका छौँ।’
गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कृतन, पुजापाठ गरेर सयौँ भक्तजनको उपस्थितीमा हुने रोट महोत्सव कोरोना प्रभाव र निषेधाज्ञाको असरले केही रौनक छैन ।

बिगतका वर्षमा सदरमुकाम देखि रथ बोकेर गोरखनाथ मन्दिर लगिन्थ्यो । यस वर्ष कलशयात्रा, रथयात्रा केही भएन । बिगतका वर्षमा २० हजार भन्दाबढिले रोट महोत्सव अवलोकन गरेको दावी केन्द्रको छ ।
गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मीक मान्यता छ । गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ ।

रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ । नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन ।

फाईल फोटो

स्रोत : daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *