बारपाकमा १२२८ जनाको कोरोना परीक्षण गरेर स्वास्थ्य टोली फर्कियो

बारपाकमा १२२८ जनाको कोरोना परीक्षण गरेर स्वास्थ्य टोली फर्कियो

गाउँभरि बिरामी र मृत्यू हुनेको संख्या दिनहूँ बढेपछि स्वास्थ्य परीक्षण र उपचार गर्न बारपाक पुगेको स्वास्थ्य टोली फर्किएको छ ।

प्रदेशको, जिल्लाको र पालिकाको स्वास्थ्यटोली तीनदिनसम्म पिसिआर तथा एण्टिजेनमार्फत कोरोना परीक्षण गरी आइतबार फर्किएको हो ।
तीनदिने शिविरमा बाह्रसय २८ जनाको कोरोना परीक्षण गरिएको बारपाक सुलीकोट गाउँपालिकाका स्वास्थ्य प्रमुख मोदराज भट्टले जानकारी दिए । उनीहरुमध्य आठसय ३६ जनाको एण्टिजेन प्रविधिमार्फत परीक्षण गरिएको हो, जसमध्य ८३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । उनीहरु सबैलाई होमआइसोलेशनमा राखिएको भट्टले जानकारी दिए ।

त्यस्तै तीनसय ९२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको उनले बताए ।
यसैबीच नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको स्वास्थ्य टोलीले आइतबार सौरपानी र पाँचखुवा देउरालीमा एण्टिजेन प्रविधिमार्फत कोरोना परीक्षण गरेको छ ।

सौरपानीमा ६५ जनामा गरिएको परीक्षणमा गरिएकोमा २० जनामा पोजेटिभ देखिएको भट्टले बताए । त्यस्तै पाँचखुवा देउरालीमा ५३ जनामा गरिएको परीक्षणमा २५ जनामा पोजेटिभ रिपोर्ट आएको उनले बताए । योसंगै पाँचखुवा देउरालीमा कोभिड संक्रमित हुनेको संख्या ४८ पुगेको वडाअध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।

स्रोत : daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *