गोरखामा आजदेखि दोस्रो डोज कोरोना खोप लगाईदैँ ( कुन पालीकाको कहाँ छ खोप केन्द्र)

गोरखामा आजदेखि दोस्रो डोज कोरोना खोप लगाईदैँ ( कुन पालीकाको कहाँ छ खोप केन्द्र)


कोभिसिल खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई स्वास्थ्य कार्यालय गोरखाले आजदेखि खोप लगाउने भएको छ ।

जिल्ला खोप समन्वय समितिको गत बुधवार बसेको बैठकले अभियानको पहिलो चरणमा पहिलो लगाएर दोस्रो मात्रा छुटेकालाई खोप लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जेठ १६ र १७ गते गोरखा नगरपालिका भित्र कर्बडहलमा, जेठ १७ गते पालुङटार र अजिरकोट गाउँपालिका भित्रका सहित सिरानचोक गाउँपालिकाको थालाजुङ स्वास्थ्य चौकीमा खोप लगाउने तालिका कार्यालयले सार्वजनीक गरेको हो ।

१६ गते नै गण्डकी र शहीदलखन गाउँपालिकाको घैरुङ स्वास्थ्य चौकीमा, १८ गते बारपाक सुलिकोट, आरुघाट र भीमसेन थापा गाउँपालिकाको खान्चोक स्वास्थ्य चौकीमा खोप लगाउने स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।
फागुनको १० गते भित्र लगाएकाले मात्रै अहिले दोस्रो डोज लगाउन पाउनेछन् ।
यस अघि जिल्ला बाहिर पहिलो डोज लगाएर निषेधाज्ञाका कारण दोस्रो डोज लगाउन नपाएकालाई पनि जिल्ला भित्रै खोप दिईने कोल्डचेन निरीक्षक खत्रीले बताए । कार्यालयले भेरोसिल खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई पनि दिने तयारी गरेको छ ।

यस अघि गोरखामा भेरोसिल खोप लगाइएको छैन । अन्यत्र जिल्लामा लगाएका र निषेधाज्ञाका कारण खोप लगाउनबाट बञ्चित भएकालाई भेरोशिल खोप दिईने केन्द्रमा नै दिईनेछ । खोप लगाउन आउनेहरुले पहिलो मात्रा लगाएको खोपकार्ड भने अनिवार्य ल्याउनुपर्ने कोल्डचेन निरीक्षक खत्रीले बताए ।
स्रोत : daraundi.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *