गोरखा जिल्लाको दक्षिण-पश्चिम पट्टिका सिमानामा मस्र्याङ्दी नदी बगेको छ । यसले सिमाना छुट्टाएको छ । यो नदी दामोदर अन्नपूर्या पेरी र लेगुला हिमालय तिरका हिमखोलाहरुबाट शुरु भई गोरखाको उत्तर-पश्चिमको छिमेकी जिल्ला मनाङ्गमा बग्दछ । त्यसपछि मनाङ्गबाट दक्षिण बगेको मस्र्याङ्गदीमा लार्के हिमाल हिमालचेली र मनास्लु हिमालबाट झरेका खोलाहरु मिसिन्छन् ।
यसका साथसाथै लमजुङ्ग हुघ्दै तार्कघाटको केही तल राइनासको छेउ पुगेपछि सहायक नदी चेपे मिसिन्छ । चेपेको दोभानदेखी पालुङ्गटारको पश्चिमी किनारा हुघ्दै बगेको यो नदीले पाउघ्दी चुदी र दरौंदीको पानीलाई समेत लिई मुग्लिङ्ग नजिक पुगेपछि त्रिशुली गण्डकीमा मिसिन्छ । मस्र्याङ्गदी नदीमा अत्यन्तै ठुलो जलभण्डार रहेको छ र यसबाट हाल ६७ मेगावाट क्षमताको जलविद्युत उत्पादन भएको छ साथै अन्य स्थानहरुमा समेत सम्भाव्यता अध्ययन भइरहेको छ ।