दरौंदी नदी

दरौंदी नदी

यो खोला रुपीनाला भन्ज्याङ्गबाट उत्पत्ति भई बोद्ध रुपीनाला र नारद कुण्डको पानी संकलन गरी गोरखा जिल्लाको बिचै बिच उत्तरबाट दक्षिणतर्फ बगेको छ र मझुवा खैरेनीमा पुगी मस्र्याङ्दी नदीमा पुगेको छ ।
यसका शाखाहरु मध्ये लाङ्दी चुदी भुसुण्डी खार र शम्भु खोलाहरु पश्चिमी भागबाट मिसिन आएका छन् भने पूर्वबाटमिसिन आएका खोलाहरुमा जराङ्ग राङ्रुङ् मसेल सिर्द हाघ्डी र लुदी खोलाहरु हुन् । यो नदी अविरल रुपमा बगे पनि वर्षात्को समयमा बढी सकि्रय हुन्छ । जसले गर्दा मसेल दोभान देखी कुन्दुरछार गाउको आसपासमा पर्ने विभिन्न टार र समथर भूमीमा यही नदीबाट सिचाइ गरिएको छ ।
यो बुढी गण्डकीको मुख्य सहायक खोला हो र यो जिल्लाको उत्तर पूर्वी भागबाट उत्पत्ति भई दक्षिण पश्चिम तर्फ बग्दछ र न्याकको नजिकैको भागमा बग्ने बुढी गण्डकीमा मिसिन्छ । अन्य सहायक खोलाहरुमा क्रमशः चुलिङ्ग खोला माछा खोला नाबुङ खोला र पाङ्गोर खोला बुढी गण्डकीको पश्चिम भागबाट आउने सहायक नदीहरु हुन् । त्यस्तै गरी पूर्वी भागबाट सहायक खोलाको रुपमा मिसिने खोलाहरुमा क्रमशः थारु खोला दोभान खोला र रिचेक खोला पर्दछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *