मुख्यमन्त्रीसँग बजेट माग्दै गण्डकी गाउँपालिका

0

गोरखा, ३० जेठ
गाउँपालिकाको केन्द्र सम्म जाने सडक बार्खाको बेला चल्न मुस्किल हुने र पालिकाको बजेटबाट कालोपत्रे गर्न सक्ने अवस्था नभएपछि गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना प्रदेश सरकार सँग हारगुहार गरिरहेका छन् । ‘पालिकाको बजेटबाट कालोपत्रे गरौँ भने अन्यत्र काम गर्न बजेट कम्ती हुन्छ, खर्च धेरै हुने भएकाले एउटा मात्रै योजनामा बजेट सकेर भएन’ उनले भने ‘प्रदेश सरकार सँग माग गरेका हौँ ।’ पालिकाको केन्द्र जोड्ने सडक स्तरीय नहुँदा सर्वसाधारण र कर्मचारीहरुले पनि सास्ती भोग्नुपरेको छ । मुख्यमन्त्री गुरुङ गत साता भुकम्पमको केन्द्रबिन्दु बारपाक आएका बेला गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले भेटेरै योजना सहित मागपत्र बुझाए ।

फिस्लिङ आग्रिडाँडा गाउँपालिकाको केन्द्र हुँदै पोखरिटार सम्म जाने ११ किलोमिटर सडक कालोपत्रे, गण्डकी गाउँपालिका वडा नम्बर ७ को मुन्थला मन्दिरको पुन निर्माण र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न मुख्यमन्त्री सामु उनले माग गरे । मुख्यमन्त्री गुरुङले मुन्थलामा मेलाको उद्घाटन गर्ने क्रममा त्यहाँका प्रचार प्रसारका लागि सहयोग गर्ने घोषणा गरेका थिए । यस्तै वडा नम्बर ६ को पोखरिटार तथा भैरवी मन्दिरमा पर्यटकीय तथा धार्मिक स्थल निर्माण गरी तीनवटा योजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजना गरिदिन अध्यक्ष रानाले मुख्यमन्त्रीलाई अनुरोध गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले गोरखाको गण्डकी गाउँपालिकाको सभामा बोल्दै गत वर्ष भनेका थिए ‘फिस्लिङदेखि गाउँपालिकाको केन्द्र सम्म जाने सडक प्रदेश सरकारले कालोपत्रे गर्न बजेट छुट्याउँछ’ उनले यती मात्रै भनेन् थपे ‘एउटा र अर्को पालिका जोड्ने सडक पनि प्रदेश सरकारको कालोपत्रे गर्ने प्राथमिकतामा छ ।’

पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञावालीलाई गुनासो पत्र बुझाउँदै अध्यक्ष रानाले अन्तिम पटकको छुट सर्वेक्षण गर्ने समय बढाउन माग गरे । गाउँपालिका भरी २ जना मात्रै प्राविधिक रहेकाले काम गर्न समस्या भएको, गण्डकी गाउँपालिकाको २ वडामा मात्रै आबास निर्माण साथी परियोजना लागु भएकाले अन्यत्र निजी आवास निर्माण ढिलो भएको उनले बताए । उनको गुनासोपछि सिईओ ज्ञावालीले प्राविधिक थप गर्ने आस्वासन दिएका छन् ।

Share.

Leave A Reply