संसदीय ब्यबस्था बिरूद्ध क्रान्तिकारी बिद्रोह जरूरी

0

रबिन बाबु गैह्रे
२०७ सालको राणा बिरोधी आन्दोलनले देशमा प्रजातन्त्रको बहाली गरायो । त्यो आन्दोलनले नेपाली जनतामा एक प्रकारको स्वतन्त्रता दिलायो । जनता आफ्नो आवाज उठाउन सक्ने अबस्था आए । राजनितिक चेतनाको बिकास पनि केहि हद सम्म भएकै हो । जनतामा केहि आशाहरू टुसाए २०१२ सालमा नेपाली कांग्रेसका तत्कालिन नेता स्व बि पी कोईरालाले संबिधानसभा मार्फत जनताको संबिधान तयार गर्नु पर्छ भन्ने माग राखे तर २०१५ मा जनमत संग्रह गरी सरकार गठन गरियो तर हुर्कदै गरेको प्रजातन्त्रको फुल खेल्न नपाउदै २०१७ सालमा राजा महेन्द्र द्धारा दलहरू माथि नै प्रतिबन्ध लगाउदै निर्दलिय पन्चायती ब्यबस्था लागु गराए फेरि पनि नेपाली जनतामा निरासा छाउनु स्वाभाबिक थियो ।

पुनः ०४६ सालको आन्दोलनले नेपालमा बहुदलिय ब्यबस्थाको स्थापना गर्यो । तर बहुदलिय ब्यबस्थाले पनि आम शोषित पिडित जनताको मर्म र भवनालाई समेट्न सकेन । २०५२ सालमा तत्कालिन ने क पा (माओवादी) को नेतृत्वमा भएको दश बर्षे महान जनयुद्धले २४० बर्ष सम्म जरा गाडेर शासन गरेको सामान्तबादी राजतन्त्रको पुर्ण रूपमा अन्त्य गरि नेपालमा लोकतान्त्रीक गणतन्त्रको स्थापना गर्यो । नेपालमा लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको पनि आज करिब डेढ दशक भईसकेको यस बिचमा चार वटा संसदिय चुनाब सम्पन्न भईसकेको छ । संसदिय चुनाब को मत परिणाम अनुसार यतिबेला नेपालको ईतिहासमै शक्तिशाली दुई तिहाई बहुमतको सरकार छ । सताब्दीयौ देखि उत्पिडनमा रहेका नेपाली जनता सरकार को न्यायको प्रतिक्षामा ब्याग्र छन । तर राज्यसत्ता सन्चालनकर्तामा केहि फेरबदल आएको छ । तर राज्य सन्चालन प्रणालीमा खासै गुणात्मक परिबर्तन देखिदैन ।

सामन्तबादको मुल नेतृत्वको अन्त्य भए पनि सामान्ति अवशेषहरू भने पुर्ण रूपमा अन्त्य भएको पाईदैन । गाउँ देखि केन्द्र तह सम्म नया शासकहरूको पुनाराबृत्ति भएको छ । हत्या बलात्कार लुटपाट सतही रूपमा देखिन थालेका छन । भुममाफिया र बिचौलियाहरूको बिगबिगी छ । गाउँ देखि केन्द्रसम्मका न्यायिक निकायहरू नै भ्रष्टचारको आहालमा डुबेको प्रष्ट छ । यथास्थितिबादी र प्रतिगमनकारी शक्तिहरू क्रान्तिकारीहरूको खुलेआम चुनौति बनिरहेका छन । यी बिबिध परिघटनाहरूको एक मात्र कारण हाम्रा राज्य सन्चालकहरूको कार्यकुशलता र राज्यको मुल निति नै बिभेदकारी हुनाले हो । राज्यको मुल नीतिलाई जनताको पक्षमा संस्थागत गर्न नसक्नु र यथास्थितिमा रूमालिरहनुले फेरि पनि कतै प्रतिगमनको हावाहुरीले बढार्ने त होईन ? भन्ने शंका उपशंका जनतामा उब्जिन थालेको छ ।

यसको मतलब हजारौको त्याग तपस्या र बलिदानीबाट आएको परिबर्तनलाई गुणात्मक तर्फ लैजानको निम्ति राज्यको मुल चरित्र नै बदल्न जरूरी छ ।जब जब नेपाली बिभेदकारी निति र ब्याबस्था बदल्नको निम्ति आफनो आवाज उठाउछ कर्बानी दिन तयार हुन्छ । केहि मुठ्ठिभर शासकहरूको हातमा पुर्याइन्छ ।। फेरि पनि जनताको आन्दोलनलाई कित दमन द्धारा नै सिध्याउने कि भने कथित बार्ताको नाममा सम्झौता गरेर टुड़गाउने खेल हुन्छ ।

सरकार परिबर्तन हुदैमा पात्रहरू परिबर्तन हुदैमा जनताको जिबन स्तर परिबर्तन हुदैन । हाम्रो समाज सुनलाई पानीमा डुबाएर सुनपानीको ब्यापार गर्ने समाज हो । जब की पानी नै गन्ध छ भने चाहे हिरा मोती कै घैला बनाएर राखे पनि त्यो गन्ध पानी गन्ध नै हुन्छ । त्यसले नेपाली जनताको दुस्मन भनेको संसदिय ब्यबस्था हो ।यो ब्यबस्थामा पात्रको रूपमा राम, स्याम, सिता, गिता, चाहे जो सुकै आहुन जबसम्म जनताको आफ्नै ब्यबस्था आउदैन तब नेपाली जनताले मुक्तिको महसुस गर्न पाउने छैनन । जनताको ब्यबस्था भनेको जनबादी राज्य ब्यबस्था नै हो । त्यसैले दलाल संसदिय ब्यस्थाको बिरूद्ध क्रान्तिकारी बिद्रोह जरूरी छ ।

रबिन बाबु गैह्रे
पा न पा –१ गोरखा

Share.

Leave A Reply