पालुङ्टार मेयर कपको उपाधी गोरखा नगरलाई

0

मोहसिन अलि मियाँ
गोरखा । लिगलिग पालुङ्टार मेयर कपको उपाधी गोरखा नगरपालिकाले जितेको छ । बुधबार पालुङ्टारको हवाई मैदानमा भएको फाइनल खेलमा गैडाकोट नगरपालिकालाई २–० गोल अन्तरले हराउदै गोरखाले उपाधी उचालेको हो । पहिलो हाफ गोलरहित सकिएपनि दोस्रो हाफमा गोरखा नगरपालिकाले २ गोल गर्दै उपाधी पक्का गरेको थियो । गोरखा नगरका लागि दोस्रो हाफको ३७ मिनेटमा जर्सि नम्बर ५ का विकास गुरुङले गोल गरे भने जर्सि नम्बर ६ का जमिर मास्केले खेलमा थप भएको ५ मिनेटको तेस्रो मिनेटमा एक गोल गरेका थिए ।

उपाधी जितेको गोरखाले नगद २ लाख ३४ हजार ५ सय ६७ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बनेको गैडाकोट नगरपालिकाले १ लाख २३ हजार ४ सय ५६ रुपैयामा चित्त बुझाउनु प¥यो । प्रतियोगितामा गोरखा नगरपालिकाका १७ नम्बर जर्सिका विवेक गुरुङ सर्वोत्कृष्ठ खेलाडी घोषित हुदै नगद १२ हजार ३ सय ४५ सहित गोल्डेन बुट प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगितामा गोरखा कै जमिर मास्के सर्वाधिक गोलकर्ता हुन सफल भएका छन् । उनले प्रतियोगिता अवधीभर ५ गोल गरेका थिए । यस्तै उत्कृष्ट गोल रक्षक समेत गोरखा नगरपालिकाकै सिलन थापा घोषित भए । उनले प्रतियोगिता अवधीभर एक गोल पनि खाएनन् । त्यस्तै गैडाकोट नगरपालिकाका १३ नम्बर जर्सिका प्रविन गुरुङ वेष्ट डिफेण्डर हुन सफल भए भने वेष्ट स्टाइकरको उपाधी गोरखा नगरका विकास गुरुङले हात पारे । प्रतियोगितामा वेष्ट मिल्ड फिल्डरमा गैडाकोटका रोशन दर्लामी मगर घोषित भए । बिभिन्न विद्यामा उपाधी जितेका उनिहरुले जनही नगद ९ हजार ८ सय ७६ पाएका छन् ।

फागुन २६ गतेदेखि सुरु भएको प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने पुतलीबजार नगरपालिका र देवचुली नगरपालिकाले नगद ५४ हजार ३ सय २१ रुपैया प्राप्त गरेको आयोजक समितिका सदस्य सचिव किरण गिरीले बताए । २७ नगरपालिका रहेको गण्डकी प्रदेशमा १६ स्थानीय तह सहभागी भएका थिए ।

खेलकुदबाट रानितिज्ञले धेरै कुरा सिक्न जरुरी ः पाण्डे
राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले खेलकुद क्षेत्रबाट राजनितिककर्मीले धेरै कुरा सिक्न जरुरी रहेको बताएका छन् । बुधबार पालुङ्टारमा आयोजित लिगलिग पालुङ्टार मेयर कप प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै पाण्डेले खेलकुद क्षेत्रमा जस्तै अनुशासनको नियम पालना गरे देशमा शुसासन कायम हुने बताएका हुन् । ‘खेलकुदले भावनात्मक रुपमा आत्यिमता बढाउछ, अनुशासनमा बाध्छ’ उनले भने ‘तर राजनितीमा त्यस्तो हुदैन, न अनुशासन, न भावनाका कुरा, अब हामीले खेलकुदबाट धेरै कुरा सिक्न जरुरी छ ।’
खेलाडीहरु कुनै राजनितीक दल, जात, धर्म, भुगोल कुनै हिसाबले समेत विभाजन नहुने बताउदै नेता पाण्डेले खेलकुद जस्तै एकता राजनितीमा समेत आवस्यक रहेको बताए । ‘खेलमा न धर्म, न भुगोल, न जात, न कुनै पोल्टिकल पार्टी कुनै रुपमा पनि विभाजन हुदैन, एकता हुन्छ, आफ्नोपन हुन्छ, शुसासन हुन्छ’ उनले थपे ‘देश विकासका लागि राजनितीमा पनि यस्तै एकताको खाँचो छ, आत्मियताको आवस्यकता छ ।’
पालुङ्टार नगरपालिकाका प्रमुख दिपकबाबु कडेंलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, पालुङ्टार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल लगायतले बोलेका थिए ।

Share.

Leave A Reply