गोरखामाअनौठो घटना : कुकुरको आक्रमणबाट चितुवाको मृत्यु

0

हाम्रो गोर्खा
गोरखा । बाख्रा चोर्न गएको चितुवा कुकुरहरुको आक्रमणबाट मारिएको छ । जिल्लाको पालुङटार नगरपालिका–९ स्थित एक बाख्रा फार्ममा पुगेको चितुवालाई त्यहाँ रहेका कुकुरहरुले लखेटेर मारेको वन डिभिजन कार्यालय गोरखाका प्रमुख इमनाथ पौडेलले जानकारी दिएका छन् । ‘बिहान करिव ४ तिर आहारा खोज्दै चितुवा बाख्रा फार्ममा पुगेछ’ उनले भने ‘कुकुरहरुले लखेट्दै जगंलमा लगेर मारेछन, चितुवको आक्रमणबाट एउटा कुकुर पनि मरेछ ।’ स्थानीय भोर्लेको जगंलबाट बस्तीमा प्रवेश गरेको चितुवालाई फुचुङ लामाको बाख्रा फार्मको सुरक्षाका लागि पालिकएका ६ वटा कुकुरहरुले लखेटेर मारेका हुन् । एक कुकुर पनि लडाइँको क्रममा मारिको फार्म सञ्चालक लामाले जानकारी दिए । सोही क्रममा चितुवाको आक्रमणबाट उन्नतजातका २ ओटा कुकुर समेत घाइते छन । चितुवा र कुकुर बिच करिव साढे एकघण्टा सम्म भिडन्त भएको फार्म सञ्चालन लामाको भनाई उदृत गर्दै कार्यालय प्रमुख पौडेलले बताए । घटना लगत्तै पालुङटार रातेमाटे स्थित सेरा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डिभिजन वन कार्यालयबाट गोरखाबाट गएको प्राबिधिकको टोलीले मृत चितुवालाई सदरमुकाम ल्याएर मुचुल्का बनाई गाडेको छ ।

Share.

Leave A Reply