गोरखामा निजि आवास पुर्ननिर्माणमा कसको कति प्रगती ? (विवरण सहित)

0

मोहसिन अलि मियाँ
गोरखा । जिल्लाको निजी आवास पुर्ननिर्माणमा वारपाक सुलिकोट गाउँपालिका अघि देखिएको छ । ७ हजार २ सय लाभग्राही रहेको त्याहा हालसम्म ६ हजार १ सय ९८ जनाले घर पुर्ननिर्माण सम्पन्न गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईको तथ्यांकमा उल्लेख छ । ६ हजार ८ सय ३० ले पहिलो किस्ता र ६ हजार ६ सय ६४ ले दोस्रो किस्ता लिएको वारपाक सुलिकोटमा हालसम्म ९० दशलव ७५ प्रतिशतले घर निर्माण सकेका छन् । यहाँ ३ सय ७० घरधुरी सम्झौता नै गर्न नआएको इकाईको भनाई छ ।

त्यस्तै ८६ दशमलव ८४ प्रतिशत घर पुर्ननिर्माण सकेको अजिरकोट गाउँपालिका दोस्रो नम्बरमा छ । ४ हजार १ सय २५ मध्ये ३ हजार ४ सय ५१ लाभग्राहीले घर पुर्ननिर्माण सकेका छन् । यहाँ १ सय ५१ जनाले पहिलो किस्ता समेत लिन बाँकी रहेको छ । ६ हजार ९ सय २४ लाभग्राही रहेको आरुघाट गाउँपालिकामा ८१ दशमलव ३८ प्रतिशतले घर पुर्ननिर्माणको काम सम्पन्न गरेका छन् । ३ सय ७ घरधुरी सम्झौता नै गर्न नआएको यहाँ५ हजार ३ सय ८५ घरले तेस्रो किस्ता बुझिसकेको इकाईको तथ्यांकले बताउछ ।

यसैगरी सिरानचोक गाउँपालिकामा ७८ दशमलव ७६ प्रतिशतले घर बनाइसकेका छन् । ६ हजार ८ सय ३३ लाभग्राही रहेको यहाँ ४ हजार ५ सय ९८ घरधुरीले तेस्रो किस्ता बुझेका छन् । सिरानचोकमा ९ सय ९५ लाभग्राही सम्झौता नै गर्न आएका छैनन् । १० हजार १ सय ५६ जम्मा लाभग्राही रहेको गोरखा नगरपालिकामा ७ हजार २ सय १ जनाले घर पुर्ननिर्माण सकेका छन् । जुन ७८ दशमलव १४ प्रतिशत हुन आउछ । यहाँ पनि ९ सय ४१ ले पहिलो किस्ता लिएका छैनन् ।
त्यस्तै ७५ दशमलव ५४ प्रतिशत पुर्ननिर्माणको काम सक्दै शहिद लखन गाउँपालिका छैटौ नम्बरमा छ । ७ हजार ६१ लाभग्राही रहेको शहिद लखनमा ४ हजार ५ सय ९८ ले तेस्रो किस्ता बुझिसकेका छन् । यहाँ ९ सय ७४ ले सम्झौता गर्नै बाँकी रहेको इकाईको तथ्यांकले बोल्छ । ६ हजार ८ सय ३५ लाभग्राही रहेको भिमसेन थापा गाउँपालिकामा ४ हजार ९ सय १८ ले तेस्रो किस्ता लिएका छन् । जुन ७४ दशमलव ३८ प्रतिशत हुन आउछ । यहाँ पनि २ सय २३ को सम्झौता हुन बाँकी देखिन्छ ।

सबैभन्दा कम लाभग्राही रहेको जिल्लाको उत्तरी भेगमा पर्ने चुमनुब्री गाउँपालिकामा ६७ दशमलव ६५ प्रतिशतले घर पुर्ननिर्माणको काम सकेका छन् । २ हजार २ सय ७५ मध्ये १ हजार २ सय ५७ लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् भने ४ सय १७ ले सम्झौता नै गरेनन् । त्यस्तै ६७ दशमलव २ प्रतिशत पुर्ननिर्माण सकेको धार्चे गाउँपालिका नवौ नम्बरमा छ । ४ हजार १ सय ६९ लाभग्राही रहेको धार्चेमा हालसम्म २ हजार १ सय ६६ घरले तेस्रो किस्ता बुझेका छन् । यहाँ ९ सय ४६ जनाले पहिलो किस्ता समेत लिन बाँकी रहेको देखिन्छ ।

यसैगरी पालुङ्टार नगरपालिकामा ५ हजार ४ सय २० ले घर पुर्ननिर्माण सकेका छन् । ९ हजार ७ सय ९४ लाभग्राही रहेको पालुङ्टारमा ६३ दशमलव ३५ प्रतिशतले तेस्रो किस्ता बुझेका छन् । यहाँ सबैभन्दा बढि १ हजार २ सय ३८ लाभग्राहीको सम्झौता समेत हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ । ६० दशमलव १८ प्रतिशत पुर्ननिर्माणको काम सकेको गण्डकी गाउँपालिका सबैभन्दा पुछारमा छ । ५ हजार ६ सय १६ लाभग्राही रहेको गण्डकीमा हालसम्म जम्मा २ हजार ९ सय ३ जनाले तेस्रो किस्ता बुझेका छन् । यहाँ पनि ७ सय ९२ को सम्झौता गर्नै बाँकी छ ।

समग्रमा हेर्दा जिल्लामा हालसम्म पुर्ननिर्माणमा ७५ दशमलव ५८ प्रतिशत प्रगती भएको देखिन्छ । ७० हजार ९ सय ८८ लाभग्राही रहेको गोरखामा ६३ हजार ६ सय ३४ ले पहिलो किस्ता, ५७ हजार ७ सय ६९ ले दोस्रो किस्ता र ४८ हजार ९५ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझेको इकाईको तथ्यांकले बोल्छ ।

Share.

Leave A Reply