रोट्र¥याक्ट सप्ताह सुरु

0

हाम्रो गोर्खा
गोरखा । रोट्र¥याक्ट क्लब अफ गोरखाले बिभिन्न कार्यक्रम गरी रोट्र¥याक्ट सप्ताह मनाउने भएको छ । मंगलबारबाट सुरु भएको सप्ताह अन्तरगत शुभकामना आदानप्रदान, रोटरी क्लब अफ गोरखा संग समन्वयात्मक बैठक, अन्तराष्ट्रिय रोट्र¥याक्ट स्थापना दिवश, बसपार्क क्षेत्रमा सरसफाई, डिआरआर भ्रमण तथा ट्राफिक सचेतना कार्यक्रम,रोट्र¥याक्ट क्लब अफ बज्र मनासलुसंग मैत्रीपूर्ण फुटबल, गोरखकाली आधारभुत विद्यालयमा निर्माण गरेको शौचालय हस्तान्तरण लगायतका कार्यक्रम गर्ने योजना बनाएको अध्यक्ष दिपेशसिंह बस्न्यातले बताए ।

Share.

Leave A Reply