‘बहस ः एक’ सकियो (फाटो फिचर)

0

हाम्रो गोर्खा
गोरखा गोरखाको विकासमा बिशेष महत्व राख्ने योजाहरुको अवस्था र चुनौती बिषयक बहस एक सकिएको छ । नागरिक साझा सवाल गोरखा, पत्रकार महासंघ गोरखा, गैसस महासंघ गोरखा, नेपाल बार एशोयिसन गोरखा लगायतका नागरिक समाज संघ संस्थाहरुको संयुक्त आयोजना तथा सोच नेपालको समन्वय एवं ब्यवस्थापनमा भएको कार्यक्रममा विभिन्न १० वटा योजनाको निर्माण प्रगतीको अध्ययन गरी प्रस्तुती गरिएको थियो ।

पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले सहजिकरण गरेको उक्त कार्यक्रममा १० जना पत्रकारले छुट्टाछुट्टै रुपमा अध्ययन गरी तयार पारिएको सामाग्री महासघंकी उपाध्यक्ष अनुपमा खनालले पेस गरेकी थिइन् । जिल्लाका प्रतिनिधिमुलक योजनाहरु मध्ये करिब ९० प्रतिशतको अबस्था नाजुक रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, प्रदेश सभा सदस्यहरुद प्रकासचन्द्र दवाडी, हरिशरण आर्चाय, मनकुमारी गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, राजनैतिक दलका प्रतिनिधी, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक हरिबहादुर थापा, स्थानीय तहका प्रमुखहरु, नागरिक समाज संघसंस्थाका प्रतिनिधी लगायतले आफ्नो धारणा राखेका थिए ।

बहसमा सहभागी अधिकाशं सरोकारवालाहरुले विकास निर्माणको काममा चमर ढिला सुस्ती रहेको बताएका थिए । निर्माण व्यवसायीलाई राजनितिक संरक्षण भएकै कारण समयमै काम हुन नसकेको र सजिलै म्याद थप गरि बजेट सक्ने काम भएको उनीहरुको भनाई छ ।

त्यस्तै बर्तमान सार्वजनिक खरिद नियमावलीमा बिभिन्न बाहान देखाएर म्याद थप गर्दा पैसा समेत थप हुने प्रावधानले ठेकेदारहरु योजना निर्माण सम्पन्न गर्न भन्दा म्यादथप गर्ने तर्फ उद्दत उनिहरुले बताएका थिए ।


नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार एवं सोच नेपालका जिल्ला प्रतिनिधि मोहसिन अलि मियाँले बिकास निर्माणको कामलाई पारदर्शी, जवाफदेही बनाई समयमै सम्पन्न गर्न दबाब सिर्जना, नागरिक अनुगमन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सहभागीहरुलाई जानकारी गराएका थिए ।

Share.

Leave A Reply