मनकामना आएर के भनिन् राष्ट्रपती भण्डारीले ?

0

हाम्रो गोर्खा
गोरखा, २३ फागुन

राष्ट्रपती विद्यादेवी भण्डारीले गोरखाको मनकामना मन्दिरमा बिशेष पूजा गरेकी छिन् । केही समय अघि जिर्णोद्धार सम्पन्न भएको उक्त मन्दिरमा जारी दश कर्म पूजामा सहभागी हुन गोरखा आएकी भण्डारीले मनकामना मन्दिरमा पुजाआजा गरेकी मन्दिरका पुजारी इन्सान थापामगर जानकारी दिए । पूजा पश्चात छोटो मन्तब्य राख्दै उनले जनताले आफ्नै प्रयासमा मन्दिरको पुर्ननिर्माण गरेर उदाहरणीय काम गरेको बताइन् ।

सरकारले दिएको अनुदान रकम र स्थानीयले दान सहयोग गरेर संकलित भएको रकमबाट देशकै नमूना मन्दिर निर्माण भएको भन्दै उनले सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिइन । यस प्रकारको कामले जनता र सरकारबिचको सहकार्य र समन्वयको सम्बन्ध सुमधुर बनाएको उनको भनाई छ । करिब १४ करोड लागतमा निर्माण सम्पन्न भएको उक्त मन्दिर जिर्णोद्धारको लागि सरकारले ४ करोड बजेट विनियोजन गरेको थियो अन्य रकम भने स्थानीयले दान गरेका हुन ।

करिब १८ किलो सुनको जलप लगाएर निर्माण गरिएको उक्त मन्दिरमा परम्परागत प्रविधिमा बनाइएको छ । २०७२ साउनबाट निर्माण थालिएको उक्त मन्दिरमा केही समय अघिबाट सर्वसाधरणका लागि खुल्ला गरिएको थियो । पुर्ननिर्माण कार्य सम्पन्न भएकाले परम्परागत रुपमा दशकर्म पुजा गरिएको छ । राजधानीबाट गएका तान्त्रिक गुरुहरुले २२ गतेदेखि दशकर्म पूजा गरिरहेका छन् ।

Share.

Leave A Reply