हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जलीको लागि टुँडिखेलमा भोली ८ बजे राखिने

0

ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुईको शव सनाखत भएको छ। मन्त्री रवीन्द्र अधिकारी र उनका सुरक्षा गार्ड अर्जुन घिमिरेको शव पहिचान भएको हो। अन्यको शव पहिचानको कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने सबैको शव पूर्ण रुपमा जलेका कारण पहिचानमा समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ।

बुधबार भएको दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो। पहिचान हुन नसकेका अन्यको शव डीएनए परीक्षणको माध्यमबाट पत्ता लगाइने छ। मृतक सबैको पोस्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने भनिएको कार्यक्रम भोलि बिहानसम्मको लागि स्थगित भएको छ।

अधिकारी लगायत ७ जनाको पोष्टमार्टम शिक्षण अस्पताल महारजगञ्जमा भईरहेको र डाक्टरहरुका अनुसार पोष्टमार्टम सम्पन्न गर्न अझै केही समय लाग्ने हुनाले अपरान्ह ३ बजे हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम स्थगित गरिएको नेकपाका महासचिव विष्णु पौडेलले बताए। उनका अनुसार भोली बिहान ८ देखि ११ बजे श्रद्धाञ्जली कार्यक्रम हुने छ।

Share.

Leave A Reply