अवैद्य औषधी बेच्नेलाई जनही ५० हजार धरौटी

0

हाम्रो गोर्खा
गोरखा । औषधी भन्दै अज्ञात रसायन बिक्रि गरेको अरोपमा प्रहरी नियन्त्रणमा रहेका ५ जना छुटेका छन् । उनीहरुलाई जनही ५० हजार धरौटी र तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक झबिन्द्र भट्टराईले जानकारी दिए ।
सार्वजनिक स्थलमा बसेर औषधी बिक्री गर्दै गरेका लमजुङ्ग मस्र्याङदी गाउँपालिका ७ की १७ वर्षीय बिना अधिकारी, सोही स्थानका १८ वर्षीय सौगात अधिकारी, बाँके बैजनाथ गाउँपालिका ३ का २६ वर्षीय बुद्विराम खत्री, बाँके बैजनाथ गापा ६ का २० वर्षीय अमृत बुढा र भारतीय नागरिक अलिम सेख विरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्र्तग मुद्धा दर्ता गरेको थियो । बुधबार उनीहरुलाई धरौटी सहित तारेखमा रिहा गर्ने निर्णय भएको प्रहरीले बताएको छ ।
यस अघि पनि गोरखा सदरमुकाममा यस्तै प्रकृतीको नाम नखुलेको झोल औषधी बिक्री गर्ने भारतीय मुलका केही ब्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरुसँग भएको औषधी नष्ट गरी छोडिएको थियो ।जिल्लामा यस्ता प्रकृतीका औषधी ब्यापारीलाई नियन्त्रणमा लिएको यो दोस्रो घटना हो । उत्पादक कम्पनीको नाम, औषधीको नाम, उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति समेत नभएका त्यस्ता औषधी प्रयोगले मानिसको स्वास्थ्य गम्भिर असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

Share.

Leave A Reply