उत्तरी गोरखामा फेरी हिमपात

0

हाम्रो गोर्खा
गोरखा । मंगलबारदेखि मौषममा आएको परिवर्तनपछि उत्तरी गोरखाको अधिकाशं स्थानमा हिमपात भएको छ । मंगलबारदेखि परेको बर्षासंगै त्यस क्षेत्रमा हिमपात भए पछि सर्वसाधारणको जिवन कष्टकर भएको छ । गएको एक महिनायता उत्तरी गोरखाको धेरै जसो स्थानमा हिमपात निरन्तर भइरहेको र यसले बिशेष गरीे त्यस क्षेत्रका बालबालिका, बृद्व बृद्वा र असाह््रय बढि प्रभावित बनेको साम्दोका निमा दोर्जे लामाले टेलिफोन मार्फत गोरखा समाचरलाई जानकारी दिए ।
मंगलबार दिउसो देखी उच्च हिमाली क्षेत्रमा भएको हिमपातले गोरखाको उत्तरी क्षेत्र सञ्चार सम्र्पक बिच्छेद भएको छ ।

बुधबार साँझ सम्म त्यस क्षेत्रमा ४ फिट हिउँ जमिसकेको लामाले बताए । हिमपात भए पछि सामागाउँ र साम्दो बिचको बाटो अबरुद्व समेत भएको छ । उत्तरी गोरखाको सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामागाउँमा हिजै देखि हिउँ परेको जानकारी आएको मनास्लु संरक्षण क्षेत्र आयोजनाप्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

‘न्याकको क्षेत्र भन्दा माथि सबै क्षेत्रमा हिजै देखीहिउँ परेको जानकारी आएको छ’ लामाले भने ‘बुधबार दिउसो सम्ममा त फिलीम पारी रहेको पाङसिङको माथि डाडाँ सम्म हिउँ जमेको र भिषण पानी परेको स्थानीयले खबर गरेका छन् ।’

त्यस्तै उत्तरी भेगको पुर्वी भागमा पर्ने छेकम्पार र आसपासका क्षेत्रमा समेत ठुलो मात्रामा हिमपात भएको छ । हिमपातले त्यस क्षेत्रको अन्तिम गाउँ निले र छुलेमा पनि करिब ४ फिट वरावर हिउ जमेको बताइएको छ । हिमपात कै कारण एउटा गाउँ देखी अर्को गाउँ आउजाउ गर्ने बाटो पुर्ण रुपमा बन्द भएको छ । यो बर्ष गोरखाको तल्लो भेग वारपाक, केराबारीसम्मपनि हिमपात भएको छ । जानकारहरुका अनुसार दुई दशकको अन्तरालपछि यस क्षेत्रमा हिमपात भएको बताइएको छ ।

Share.

Leave A Reply