छैटौं गोर्खाली रनिङ कपको उपाधी आयोजक हरटारी क्लवलाई

0

हाम्रो गोर्खा
गोरखा । जिल्ला सदरमुकाममा भएको छैटौं गोर्खाली कप फुटबलको उपाधी आयोजक हरमटारी क्लवले जितेको छ । मंगलबार भएको फाइन खेलमा नख्खिपोट युथ क्लव ललितपुरलाई १–० गोल अन्र्तरले पराजित गर्दै हरमटालीले उपाधी उचालेको हो । जितसँगै उसले नगद २ लाख पुरस्कार ट्रफि र प्रमाणपत्र पाएको छ ।

निकै प्रतिपर्धात्मक खेलमा पहिलो हाप गोल रहित बराबरीमा सकिएको थियो । दोश्रो हाप सुरु भएको केही केही मिनेटमै बिजय ठकुरीले उत्कृष्ट गोल गर्दै हरमटारीलाई अग्रता दिलाएका थिए । निर्धारित समय भित्र नख्खिपोटले गोल फर्काउन नसकेपछि उक्त गोल नै निर्णायक बन्न पुग्यो । लगातार फाइनमा पुगेको नख्खिपोटले यस वर्ष पनि १ लाख पुरस्कार सहित उपबिजेतामा चित्त बुझाउन बाध्य छ ।

‘गोर्खाली कप गोर्खालीको सान समग्र गोरखा जिल्लाको खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ फागुन ७ गतेबाट सुरु भएको छैटौं गोरर्खाली रनिङ कप फुटबल प्रतियोगिता सकिएको छ । प्रतियोगिताको समापन जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले बिजेता टिम र खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोतामा हरमटारी क्लबका राज शाहीे सर्वोत्कृष्ट खेलाडी घोषित छन् ।

उनले नगद १५ हजार रुपैयाँ पुरस्कार समेत पाएको आयोजक हरमटारी क्वलका महासचिव अनिल श्रेष्ठले जानकारी दिए । यसैगरी नख्खिपोटका प्रदिप भण्डारी उत्कृष्ट गोल किपर र विकास लामा उत्कृष्ट फरवार्ड भएका छन् । हरमटारीका जय गुरुङ उत्कृष्ट मिल्डफिडर र विजयसिंह ठकुरी उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । उनिहरुले जनही ७ हजार ५०० रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।

हरमटारी क्वलका अध्यक्ष बिशाल गुरुङ्गको अध्यक्षता तथा जिल्ला समन्वय समितका प्रमुख गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, सिरानचोक गाउँपाकिलाका अध्यक्ष राजु गुरुङले लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply