तमु महिलाको पार्षद सभा गोरखामा

0

हाम्रो गोर्खा
गोरखा । देश भरका तमू महिलाहरुको पार्षद सभा गोरखामा हुने भएको छ । तमुस्यो ह्युल छोंज धीं गुरुङ्ग महिला राष्ट्रिय परिषद केन्द्रिय कार्य समितिको आयोजनाम यही फागुन १८ र १९ गते प्रथम राष्ट्रिय पार्षद सभा गर्न लागिएको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । ‘राज्यको संघिय व्यवस्था अनुसार चल्न हामीले पनि विधान संशोधन गर्नुपर्ने छ’ समितिकी अध्यक्ष धना तमूले भनिन ‘त्यसैले पार्षद भेला बोलाएका हौं ।’
विधान संशोधन गर्नुपर्ने भएकाले पहिलो पटक गोरखामा विद्यान सभा गर्न लागिएको तमुस्यो ह्युल छोंज धीं गुरुङ्ग महिला राष्ट्रिय परिषदले जानकारी दिएको छ । तमुस्यी ह्युल छोंज धीं गुरुङ्ग महिला राष्ट्रिय परिषदले महिलाहरुको हक अधिकारको पैरवी गर्नुका साथै महिला सशक्तिकरणलाई जोड दिदै आइरहेको छ । ४६ जिल्ला, काठमाण्डौ, पोखरा उपत्यका सहित ५० जिल्लामा संगठन रहेको तमुस्यी ह्युल छोंज धीको ३०(३५ शाखाका २०० भन्दा बढि पार्षदहरु गोरखा आउने महासचिव अञ्जना तमूले जानकारी दिइन । तमुस्यो ह्युल छोंज धीं गुरुङ्ग महिला जिल्ला परिषद कार्य समितिको व्यवस्थापनमा प्रतिनिधि सहित अन्य गरी ६ सय भन्दा बढि सहभागी हुने दाबी गरिएको छ ।

Share.

Leave A Reply