सदरमुकामको महेन्द्रज्योतिले मनायो ५८ औं वार्षिक उत्सव

0

हाम्रो गोर्खा
गोरखा । महेन्द्रज्योति माध्यामिक विद्यालयले स्थापानाको ५८ औ वार्षिक उत्सव तथा अभिभावक दिवश मनाइएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ दरबार मार्गको रहेको उक्त विद्यालयले विभिन्न कार्यक्रम गरी दिवश मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार जोशीको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ, पूर्व शिक्षक डा. राजुबाबु श्रेष्ठ, वडा अध्यक्ष नारायणप्रसाद अर्याल, पूर्व प्रअ कृष्णमान श्रेष्ठ, पूर्व शिक्षक तुलसा मरहट्टा, शिक्षक महासघंका जिल्ला अध्यक्ष धुब्रकुमार भट्ट, बालमन्दिर माविका प्रअ लुमनाथ लामिछाने, सहायक प्रअ नन्दकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

सोही अबसरमा विद्यालयका प्रअ लक्ष्मणबाबु आर्चायले वार्षिक प्रगती प्रतिवदेन पेश गरेका थिए । वार्षिक उत्सवको अबसरमा भएको तहगत र अन्तर सदनात्मक खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार वितरण समेत गरिएको थियो । यसैविच उक्त विद्यालयमा अध्ययनरत राष्ट्रिय सेवा दलका विद्यार्थीहरुबाट कवाज प्रर्दशन भएको थियो । विद्यार्थीहरुले विभिन्न सास्कृतिक तथा साहित्यिक कार्यक्रम समेत गरेको प्रअ आर्चायले जानकारी दिए ।

सोही अबसरमा विद्यालयमा रहेको ११ वटा अक्षयकोषको व्याजबाट प्राप्त रकम विद्यार्थीहरु वितरण गरिएको थियो । साथै गोरखा नगरपालिका ६ ठूलो आँगनका विनय श्रेष्ठले ११ र १२ कक्षामा पढ्ने गरिब तथा जेहेन्दार ८ जना विद्यार्थीहरुलाई जनही १० हजारका दरले ८० हजार रकम वितरण गरेका थिए ।

तिन जना शिक्षकलाई दिर्घसेवा पदक
विद्यालयले वार्षिक उत्सवको अबसरमा निरन्तर २५ वर्ष भन्दा बढि समय अध्यापन गराउने शिक्षकहरु भाइकाजी श्रेष्ठ, रेणु श्रेष्ठ र मलिना मास्केलाई दिर्घसेवा पदक सहित दोसल्ला ओढाएर प्रशशा पत्रले सम्मान गरेको प्रअ आर्चायले जानकारी दिए । कार्यक्रममा विद्यालयका कर्मचारीलाई पोशाक वितरण गरिनुका साथै राष्ट्रिय सेवा दलका प्रशिक्षकहरुलाई नगद सहित दोसाल्ला ओढाएर सम्मान गरिएको थियो ।

Share.

Leave A Reply