छैटौ गोर्खाली रनिङ कप : विहिबारको खेलमा चितवन र भोटेओडार बिजयी

0

हाम्रो गोर्खा
गोरखा । छैठौँ गोर्खाली रनिङ कप अन्र्तगत बिहिबार नकआउट चरणका दुई खेल सम्पन्न भएको छ । हरमटारी क्लबको आयोजना भइरहेको प्रतियोगिता अन्र्तगत भएको पहिलो खेलमा एभरेष्ट क्बल चितवन बिजयी भएको हो । चेपे आर्दश युवा क्बल पालुङटारदाई ३–२ गोलअन्तरले पराजित गर्दै एभरेष्ट बिजयी भएको आयोजकले बताएको छ ।

त्यस्तै विहिबार नै भएको दोस्रो खेलमा बुद्ध युवा क्लब भोटेओडार लमजुङ बिजयी भएको छ । हिमाली युवा क्बल गाँखुलाई ६–० गोल अन्तरले पराजित गर्दै बुद्ध युवा क्लब विजयी वनेको हो । प्रतियोगिता अन्तरगत शुक्रबार २ खेल हुने बताइएको छ । पहिलो खेल दिउसो १ बजे नख्खीपोट युथ क्बल ललितपुर र खोप्लाङ फुटवल क्लव बिच हुने छ भने दोस्रो खेल दिउसो ३ बजे आयोजक हरमटारी क्लव र पोखरा फुटवल क्लव विच हुने आयोजकले बताएको छ । प्रतियोगिताको आगामी १४ गतेसम्म चल्नेछ ।

Share.

Leave A Reply