प्रजातन्त्र दिवशमा नेविसंघ गोरखाले ग¥यो दिप प्रज्वलन

0

हाम्रो गोर्खा
गोरखा । ६९ औं प्रजातन्त्र दिवशका अवसरमा नेपाल विद्यार्थी संघ गोरखाले सदरमुकाममा दिप प्रज्वलन गरेको छ । बसपार्क स्थित श्याम सुन्दर श्रेष्ठको शालिक रहेको स्थानमा संघले गरेको दिप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति सुकदेव दुवाडीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका नेविसंघ गोरखाका अध्यक्ष सुवास अधिकारीले देशमा प्रजातन्त्र खतरामा परेको भन्दै जोगाउने जिम्मेवारी काँग्रेसको हातमा आएको बताएका छन् । पछिल्लो समय देशमा वाइडवडी, निर्मला बलत्कार, एनसेल, फोरजी लगायत पशुपति शर्मा काण्डसम्म आइपुग्दा ओली सरकार र नेकपाका नेता नै प्रजातन्त्रको घाँटी निमोठ्ने काममा लागि परेको अध्यक्ष अधिकारीको आरोप छ ।

दिप प्रज्वलन कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठ, नेपाल दरुण दल गोरखाका उपसभापति आनन्द गुरुङ लगायत नेविसंघ गोरखामा आवद्ध विद्यार्थी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply