न्यायिक समितिको भूमिका प्रभावकारी बनाउन जोड

0

हाम्रो गोर्खा
गोरखा । न्यायिक समितिले आफ्नो भूमिका अनुसार जिम्मेवार भएर काम गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपालको संबिधानले स्थानीय तहका उपप्रमुखहरुको अध्यक्षतामा रहने न्यायिक समितिलाई धेरै अधिकारहरु दिएकाले त्यसको इमान्दारिताका साथ बहन गर्नुपर्ने उनीहरुले जोड दिएका छन् ।

गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयको आयोजनामा जिल्ला सदरमुकाममा भएको कार्यक्रममो लैंगिक हिंसा न्यूनिकरण, मानब बेचविखनको अन्त्य, स्थानीय तह भित्र हुने समसामयिक घटनाहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ बारेमा कानून व्यवसायी स्थानेश्वर दुवाडीले सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयकी निर्देशक तुलसा अर्यालले साबिकको महिला तथा बालबालिका कार्यालयको भूमिका समेत स्थानीय तहमा गएको बालबालिका वृद्धवृद्ध र अपाङ्गता भएका मानिसहरुको विषयमा पनि विशेष ध्यान दिन आग्रह गरेकी थिइन । उक्त कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले न्यायिक समितिले पाएको जिम्मेवारीलाई पुरा गरी जनतालाई त्यसको अनुभुती गराउन आग्रह गरेका छन् ।

Share.

Leave A Reply