गोरखाको अस्पतालमार्गमा ठडियो शहिद लखन थापाको शालिक

0

मोहसिन अलि मियाँ
गोरखा । गोरखा सदरमुकामको अस्पतालचोकमा प्रथम शहिद लखन थापाको शालिक स्थापना भएको छ । थापाको अर्धकदको शालिक एक कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् । प्रथम सहिद लखन थापा मगर जय सिंह चुमीराना प्रजातान्त्रिक क्बलको ६ लाख र गोरखा नगरपालिकाको ५ लाख गरी ११ लाखको लगानीमा शालिक निर्माण भएको हो ।

गोरखा सदरमुकामको अस्पतालचोकमा निर्माण भएको प्रथम शहिद लखन थापाको शालिक अनावरण गर्दै मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायत कृषि भुमि ब्यवस्था तथा सहकारी मन्त्री लेख बहादुर थापा । तस्विर ः मोहसिन अलि मियाँ

क्लबका अध्यक्ष रुल बहादुर आले मगरको अध्यक्षतामा भएको अनावरण कार्यक्रममा कृषि भुमि ब्यवस्था तथा सहकारी मन्त्री लेख बहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नेकपाका प्रेम गुरुङ, काँग्रेसका पूर्व कोषाध्यक्ष कृष्ण आले, नयाँ शक्तिका रोहित पाण्डे, उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, नेपाल आदीवासी जनजाती महाहसंघका अध्यक्ष विष्णु राना, नेपाल मगर संघका केन्द्रिय सहकोषाध्यक्ष कृष्ण राना, पत्रकार महासंघका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतले शहिद लखन थापाको योगदानका बारे बोलेका थिए ।

Share.

Leave A Reply