फागुन २६ देखि पालुङ्टारमा मेयर कप फुटबल

0

हाम्रो गोर्खा
गोरखा । पालुङ्टार नगरपालिकामा लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल खेलको विकास गर्ने उदेश्यले जिल्ला मै पहिलो पटक स्थानीय तहले प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ प्रथम पुरस्कार राशीको रहेको उक्त प्रतियोगिता आगामी फागुन २६ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन हुने आयोजक समितिका सदस्य सचिव किरण गिरीले जानकारी दिए ।

प्रतियोगितामा गण्डकी प्रदेशका २६ र जिल्लाका ९ गाउँपालिका गरी ३५ टिमको सहभागिता रहने अनुमान गरिएको खेलमा दोस्रो हुने टिमले नगद १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ नगद मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने २ टिमलाई नगद ५४ हजार ३ सय २१ रुपैयाँ सहित नगद मेडल र प्रमाणपत्र प्रदान गरिने गिरीले बताए । प्रतियोगिता सञ्चालनका लागि करिव २६ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ ।

प्रतियोगिता आयोजनाका लागि नगरपालिका १० लाख रुपैया आर्थिक सहयोग प्रदान गर्ने र बाँकी रकम प्रायोजक, सहप्रयोजक र शुभेच्छुकहरुबाट संकलन गर्ने लक्ष्य लिइएको सदस्य गिरीले जानकारी दिए । खेलकुद क्षेत्रको संस्थागत बिकास गर्दै पालुङटार नगरपालिकामा खेल एकेडेमीको निर्माण गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा बोल्दै पालुङटार नगरपालिकाका मयेर दिपकबाबु कँडेलले नगरपालिकाले खेलकुद क्षेत्रको बिकास लागि चालु आर्थिक बर्षमा रु ३० लाख बजेट बिनियोजन गरेको जानकारी दिए । ‘हामीले यो नगरपालिकालाई खेल टुरिजम मार्पत बिकास गर्न चाहेका छौ, उनले भने, ‘त्यसका लागि पनि मेयर कप पहिलो शुरुवात हो ।’

स्थानीय तह भएपछि जिल्लामा पहिलो पटक पालुंङटारमा पालिका स्तरिय प्रतियोगिता हुन लागेको हो । पालुंटार स्थित हवाई मैदानमा हुने प्रतियोगिता आयोजनाका लागि नगरप्रमुख कडेंलको संयोजकत्वमा ५१ सदस्यिय मुल आयोजक समिति र १७ वटा उपसमिति निर्माण गरी तयारीमा लागेको पत्रकार सम्मेलनमा बताइएको छ ।

Share.

Leave A Reply