धुवाँकोटमा चन्दाबाटै एम्बुलेन्स खरिद

0

हाम्रो गोर्खा
गोरखा । पालुङटार नगरपालिका–८ धुँवाकोटका स्थानीयले रकम संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् । गाउँमा एम्बुलेन्स नभएपछि बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै रकम संकलन अभियान चलाएर एम्बुलेन्स खरिद गरिएको हो । ‘पृथ्वीराज मार्गको नजिक भएर पनि बत्ति मुनिको अँधेरो जस्तो महशुस भएको थियो’ पालुङटार नगरपालिका–८ का अध्यक्ष शंकरराज कंडेलले भने ‘बिरामी भएपछि स्वास्थ्य चौकी वा अयन्त्र जँचाउनका जानका लागि महंगोमा निजि गाडी चढ्नु पर्ने बाध्यता भयो त्यसैले एम्बुलेन्सको आवश्यकता महशुस गरिएको हो ।’
देश विदेशमा रहेका केही स्थानीय र जनप्रतिनिधिले छलफल गरी सञ्चालन गरेको रकम संकलन अभियान सोचे भन्दा राम्रो भएको वडा अध्यक्ष कंडेलको भनाई छ । ‘करिब १० लाख जति उठाउन सकिएला भन्ने हाम्रो अनुमान थियो । नपुगेको रकम वडा र नगरपालिका थप गर्ने योजना बनाएका थियौं’ उनले भने‘ सबैको उत्साहले करिब १९ लाख २३ हजार रकम संकलन गर्न सफल भइयो ।’ स्थानीयहरुले सामाजिक सञ्जाल र घरदैलो मार्फत रकम संकलन गरी एम्बुलेन्स खरिद गरेका हुन् । एम्बुलेन्स खरिदका लागि सहयोगको आब्हान गर्दै स्थानीय सबैको घरमा पत्रचार समेत गरिएको थियो । ‘हामीले सामाजिक सञ्जालको भरपुर प्रयोग गरेयौं’ उनले भने ‘एम्बुलेन्स खरिदका लागि सक्दो सहयोग गरिदिनुहोला भनेर सबैका घरमा पत्रचार पनि गरियो ।’ सोही अनुरुप स्थानीयहरुले स्वतस्र्फूत रुपमा प्रति व्यक्ति २ सय देखि ६८ सम्म चन्दा सहयोग भएको छ ।
एम्बुलेन्स सञ्चालका लागि पनि छुट्टै योजना बनाइएको छ । ‘हामीले एम्बुलेन्स किन्ने मात्र योजना बनाएका छैनौं’ उनले भने ‘त्यसलाई कसरी राम्रोसँग सञ्चालन गर्ने भर्ने पनि हाम्रो तयारी भइसकेको छ ।’ जसका लागि ७ लाख भन्दा बढि कोष समेत निर्माण गरिएको छ । स्थानीय सहकारीमा उक्त रकम जम्मा गर्ने र त्यसको व्याजले एम्बुलेन्स सञ्चालन गर्ने कंडेलको भनाई छ । ‘जुन बेला एम्बुलेन्सले राम्रोसँग कमाई गर्न सक्दैन त्यतिबेला हामी कोषको ब्याज खर्च गछौं’ उनले भने ‘त्यसले ड्राइभर, मेन्टिनेस र तेल हाल्न सहयोग हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
जिल्लाकै दररेट अनुसार अनुसार एम्बुलेन्स सञ्चालन गर्ने उनले बताए । एम्बुलेन्सको अुनगमन गर्नका लागि ३ सदस्सिय समिति समेत बनाइएको छ । स्थानीय बिरामीहरुलाई बिभिन्न खालका सहुलियत दिने गरी भाडादर कायम गर्दै कंडेलको भनाई छ । ‘कुनै सुत्केरीलाई अयन्त्र रिफर गर्नु प¥यो भने ५० प्रतिशत सम्म एम्बुलेन्स भाडा डिसकाउन्ट दिन्छौं’ उनले भने ‘अपाङ्गता भएकाहरुलाई पनि ५० प्रतिशत छ । ७० वर्ष कटेका जेष्ठ नागरिकहरुलाई पनि २५ प्रतिशत भाडामा छुट सुबिधा उपलब्ध हुन्छ ।’ पछिल्लो समय सामाजिक सञ्जाल मार्फत अभियान चलाएर ठुलो रकम संकलन गरि विभिन्न सामाजिक कामहरु भइरहको छन् ।

Share.

Leave A Reply