सवारी साधनको ठक्करबाट गोरखामा एकको मृत्यु

0

हाम्रो गोर्खा
गोरखा । गुडिरहेको सबारी साधनले ठक्कर दिदाँ एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका १० टक्सारमा हिडिरहेका बेला कृष्ण कोइरालालाई उक्त सवारी साधनले ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी गोरखाका डिएसी महेन्द्र नेपालले जानकारी दिए ।

गोरखा नगरपालिका वडा नम्बर ४ पन्थेस्वाँरा स्थायी घर भई हाल १३ किलो बस्दै आइरहेका अन्दाजी ३० वर्षिय कोइरालालाई अज्ञात सवारी साधनले ठक्कर दिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गोरखा ल्याएको थियो । तर कोइरालाको घटना स्थल मै मृत्युु भइसकेको जिल्ला अस्पताल गोरखाले जानकारी दिएको छ ।

घटना भएको झण्डै १०० मिटर पर चापी सहितको ट्याक्टर फेला परेको प्रहरीले बताएको छ । जिल्ला सदरमुकामबाट १२ किलो तर्फ जाँदै गरेको ग १ त ४५२३ नम्बरको ट्याक्टर चापी सहित बेबारिसे भेटिएकाले सोही ट्याक्टरले ठक्कर दिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर चालक फरार रहेका र सवारी धनि समेत पहिचान भएकाले खोजी कार्य भइरहेको नेपालले बताए । मृतकको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ । मंगलबार आवश्यक प्रक्रिया पुरा गरी आफन्तलाई बुझाउने प्रहरीको भनाई छ ।

Share.

Leave A Reply