पृथ्वी राजमार्गले ग¥यो गोरखामा रक्तदान

0

मोहसिन अलि मियाँ
गोरखा, २१ माघ
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले गोरखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समितिको ४७ औं बार्षिक उत्सवका अवसरमा गोरखा सदरमुकाम स्थित पूरानो बसपार्कमा आयोजना गरिएको कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् । समितिका अध्यक्ष एन कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

दुर्घटनामा रगत नपाएर छटपटिएका घाइते तथा आकस्मिक रुपमा चाहिनेलाई सहयोग गर्ने उदेश्यले खुल्ला रक्तदान गरि रगत संकलन गएिको समितिका गोरखा शाखाका प्रमुख राजन ढुंगानाले बताए । संकलन भएको रगत नेपाल रेडक्रश सोसाइटी कास्कीको ब्लड बैंकमा राखिने उनको भनाई छ । कार्यक्रममा नगरप्रमुख पन्त, जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपाल, नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापति भगवानबाबु मास्के, यातायात ब्यवसायी समिति गोरखाका महासचिव अञ्जनबाबु खत्री, मनकामना यातायता प्रालीका अध्यक्ष ताराबहादुर खड्का, ट्राफिक प्रमुख दयाराम पौडेल लगायतले बोलेको समितिका गोरखा प्रमुख ढुंगानाको भनाई छ । बार्षिक उत्सवकै अवसरमा २ जना असल चालक, २ जना असल सहचालक र १ जना सवारीधनीलाई सम्मान समेत गरिएको छ ।

Share.

Leave A Reply