नेविसंघको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

0

हाम्रा गोरखा
गोरखा । सरकारको कामप्रति असन्तुष्टी जनाउदै नेपाल विद्यार्थी संघ गोरखाले गरेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । गोरखा बसपार्क देखि हरमटारीसम्म निकालेको जुलुसका क्रममा प्रहरीले संघमा अवद्ध विद्यार्थीलाई धरपकड गरेको जिल्ला अध्यक्ष सुवास अधिकारीले बताए । मसाल जुलुस सहित नाराबाजी गर्दै जिविसचोक आइपुगेका विद्यार्थीलाई प्रहरीले रोक्न खोजेपछि केहिबेर अवस्था असामान्य बनेको थियो । शान्तिपूर्ण ढंगबाट जनताले विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले कोण सभा गरेर सरकारी ज्यादतीको बिरोध गरेका थिए ।

Share.

Leave A Reply