भिमसेनमा मेगाको शाखा उद्घाटन

0

हाम्रो गोर्खा
गोरखा । भिमसेन थापा गाउँपालिकामा मेगा बैंकले औपचारिक सेवा सुरु गरेको छ । हलो देखि हाइड्रोसम्म भन्ने मुल नाराका साथ मेगा बैंक लिमिटेडको १०१ औं शाखा घ्याम्पेसालमा स्थापना गरिएको हो ।

आइतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले उक्त शाखाको उद्घाटन गरेका हुन् । २०७५ जेठ १३ गतेबाट भिमसेन थापा गाउँपालिका वडा १ घ्याम्पेसाल कार्यालय सञ्चालन गरी सेवा सुरु गरेको उक्त बैंकले अहिलेसम्म ८ करोड निक्षप संकलन गरेको छ । शाखा प्रवन्धक सुमन बगालेको अध्यक्षता तथा पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रवन्धक बगालेले बैंकले हालसम्म गरेका गतिबिधीहरुको बारेमा जानकारी गराएका थिए । उक्त बैंकमा अहिलेसम्म ८५० जनाले सेवाग्राहीले खाता खोलेका छन् ।

एक स्थानीय तह एक बैंक नीति अनुसार भिमसेनमा खटिएको मेगाले एबिबिएस, सिएएसबिए, क्रेडिट कार्ड, मोबाइल बेकिङ्ग÷एसएमएस बेकिङ्ग, अनलाइन बेकिङ्ग, अनलाई एकाउण्ट ओपन लगायतका सुबिधा दिदै आएको शाखा प्रवन्धक बगालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष पाण्डेले जनताको चाहना र भावना अनुसार बैंकले सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । सरल व्याजदरमा कर्जा प्रभाव गरी नागरिकलाई व्यवसायिक बनाउन उक्त बैंकले सहयोग गर्ने उनको विश्वास छ ।

Share.

Leave A Reply