गोरखा जेसिजको ३८ औं पदस्थापना सम्पन्न

0

मोहसिन अलि मियाँ
गोरखा । गोरखा जेसिज गोरखाको ३८ औं पदस्थापना सम्पन्न भएको छ । जेसिजका बर्ष २०१८ का अध्यक्ष उमेश गुरुङ्गले बर्ष २०१९ का अध्यक्ष राजिव अधिकारीलाई पद हस्तान्तरण गरेका हुन् । बर्ष २०१८ का अध्यक्ष गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गोरखा जेसिजलाई बिभिन्न क्षेत्रबाट योगदान पु¥याएको भन्दै ८ जना सम्मानित भएका छन् । अधिकारीको नेतृत्वमा चयन भएको २१ जनाको कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण समेत गराइएको बर्ष २०१८ का महासचिव सुवास मल्लले जानकारी दिएका छन् । केहि पदमा मनोनित गर्न बाँकी रहेकाले कार्यसमितिको बैठकको निर्णयबाट समितिको पदपूर्ति गर्ने जेसिजले जनाएको छ ।

पदस्थापना कार्यक्रममा आफ्ना योजना सुनाउदै अध्यक्ष अधिकारीले बर्ष २०१९ लाई तालिमको बर्षका रुपमा अघि बढाउदै युवाहरुलाई जेसिज अभियानमा प्रेरित गर्ने बताएका छन् । ‘यो बर्ष जिल्लामा धेरै तालिमहरु गराउने योजना बनाएको छु’ उनले भने ‘क्षमता विकास, नेतृत्व विकास, उत्प्रेरणादायक तालिमहरु गरेर जेजिस अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने सोच छ ।’

साथै उनले गोरखा नगरपालिकाका १४ वटै वडाहरुमा जेसिज अभियान पु¥याएर अझ बढि युवाहरुलाई अभियानमा अवद्ध गर्ने लक्ष्य रहेको बताएका छन् । उनले यस बर्ष गोरखा जेसिजका पूर्वअध्यक्षहरुको बैठक बोलाउने, जेसिज बर्ष २०१८ देखि सुरु गरेको आफ्नै भवन निर्माणको कामलाई निरन्तरता दिने, जेसिज सप्ताहमा बिभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्ने कार्यक्रममा प्रतिवद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा नगरप्रमुख राजनराज पन्त, बर्ष १९८३ का अध्यक्ष धिरज बहादुर मास्के, २००० का अध्यक्ष माधवबाबु श्रेष्ठ, मातृशाखा पोखराका अध्यक्ष सन्तोष शाही, नारायणगढ लेडिज जेसिजका अध्यक्ष निरु कार्की, नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, नयाँशाक्तिको गोरखा ज्ञानेन्द्र कुमाल, गोरखा जेसिजका निवर्तमान अध्यक्ष आनन्द गुरुङ्ग, संगमबाबु श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको बर्ष २०१८ का महासचिव सुवास मल्ल, पूर्वध्यक्ष शरण श्रेष्ठ, बर्ष २०१९ का महासचिव अश्विन ढुंगानाले सहजिकरण गरेका थिए ।

Share.

Leave A Reply