आयुर्वेद चिकित्साको प्रोमोशन गर्दै गोरखा नगर

0

मोहसिन अलि मियाँ
गोरखा । गोरखा नगरपालिका १२ मा शहरी आयुर्वेद स्वास्थ्य क्लिनिक स्थापना भएको छ । जनतालाई आयुर्वेद स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उदेश्यले गोरखा नगरपालिकाले दश किलो बजारमा क्लिनिक स्थापना गरेको हो ।

क्लिनिकको एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । आयुर्वेद सेवालाई प्रोमोशन गर्ने र सहज रुपमा सेवा दिन नगरले यस अघिदेखि बिभिन्न वडामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन गर्दै आएको जनाएको छ ।

क्लिनिकबाट हरेक महिनाको १४ र २९ गते निशुल्क शिविर समेत संचालन गर्ने तयारी गरेको गोरखा नगरपालिकाका कविराज निरिक्षक जिवनकुमार श्रेष्ठले बताए । शिविरमा स्वास्थ्य परिक्षण, आयुर्वेद औषधी र परामर्श निशुल्क रुपमा उपलब्ध हुने उनको भनाई छ ।

त्यस्तै दश किलो बजारमा भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ३ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा स्त्री रोग, बाथ रोग, पेट लगायतका समस्या भएका बिरामी बढि रहेको श्रेष्ठको भनाई छ । वडाध्यक्ष डिलबहादुर थापा मगरको अध्यक्षतामा भएको शिविरमा नगरप्रमुख पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

Share.

Leave A Reply