वडा कपको उपाधी सदर हरमटारीलाई

0

हाम्रो गोर्खा
गोरखा । गोरखा नगरपालिका ६ भित्र रहेका टोलविकास संस्थाहरुबिचको फुटबल खेल सदरहरमटारीले जितेको छ । शनिबार भएको फाइनलमा दरबारमार्ग टोल विकास संस्थालाई २ गोलले पछि पार्दै सदर हरमटारी टोल विकास संस्थाले जित हासिल गरेको हो । शुक्रबारबाट सुरु भएको वडाकप प्रतियोगितामा विजेता सदरहरमटारीले नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
७ टिमको सहभागिता रहेको प्रतियोगिता यसै बर्ष हुने मेयर कपमा सहभागिताका लागि खेलाडी छनौट गर्ने उदेश्यले आयोजना गरिएको वडासदस्य एवं कार्यक्रम संयोजक आनन्द गुरुङ (काजी) ले बताएका छन् । प्रतियोगिता वडा कार्यालयले आयोजना गरेको उनको भनाई छ । वडाध्यक्ष नारायण अर्यालको अध्यक्षतामा भएको प्रतियागितामा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

Share.

Leave A Reply