मनकामना इकाईको महिला उद्यमीमा निर्मला श्रेष्ठ

0

हाम्रो गोर्खा
गोरखा । गोरखा उद्योग बाणिज्य संघ मनकामना बजार इकाईमा महिला उद्यमी विकास समिति गठन गरिएको छ । आइतबार गठन भएको समितिको अध्यक्षमा निर्मला श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन् । श्रेष्ठको नेतृत्वमा गठन भएको ९ जनाको कार्यसमितिको उपाध्यक्षमा सरस्वती पन्त गैरे, सचिवमा सर्मिला श्रेष्ठ, कोषाध्यक्षमा जमुना जोशी चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा पुनम थापा, सन्तोषी श्रेष्ठ, कालीमाया श्रेष्ठ, सुकमाया थापा, कल्पना श्रेष्ठ रहेको गोरखा उद्योग बाणिज्य संघका सदस्य शरण श्रेष्ठले जानकारी दिए । आइतबार गठित समितिको बैठकबाट अन्य ४ जना मनोनित हुने बताइएको छ ।

संघको मनकामना बजार इकाईका सचिव हरी कुमार श्रेष्ठको अध्यक्षतामा भएको भेलामा गोरखा उद्योग बाणिज्य संघका सदस्य गोविन्द गुरुङ्ग, चन्दनबाबु खत्री, शरण श्रेष्ठ, महिला उद्यमी विकास समितिका अध्यक्ष रिता रेग्मी, सहसचिव सविता जोशी, सजना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply