लागुऔषध सहित आँबुखैरेनीबाट एक युवक पक्राउ

0

हाम्रो गोर्खा
गोरखा । अबैंध लागुऔषध सहित आँबुखैरेनीबाट एक युवक पक्राउ परेका छन् । शहिद लखन गाउँपालिका–१, बक्राङ घर भई आँबुखैरेनी गाउँपालिका–३, शान्तिटोलमा डेरा गरी बस्ने २६ वर्षिय रमेश घलेलाई लागुऔषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

अबैंध लागुऔंषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा घलेको कोठामा खान तलासी गर्दा कोठा भित्र रहेको फ्रिज भित्र डाईजेपाम ९६ थान, नोफीन ९५ थान, फेनेरागन ८६ थान गरी २ सय ७७ थान लागुऔंषध एम्पुलहरु बरामद गरेको प्रहरी निरिक्षक महेशराज पाठकले जानकारी दिए । त्यस्तै, पक्राउ परेका घलेको साथबाट भिभो मोबाईल १ थान र नगद रु. २४ हजार २ सय ३० रुपैंया बरामद गरेको प्रहरी निरिक्षक पाठकले बताए ।

पक्राउ गरेका घलेलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी थप अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply