अपाङ्गता भएका युवकलाई यूकेबाट गोर्खाली समाजको सहयोग

0

मोहसिन अलि मियाँ
गोरखा, १५ माघ
सडक दुर्घटनामा परि अपाङ्गता भएका एक युवकलाई यूकेमा बस्ने गोर्खालीले आर्थिक सहयोग गरेका छन् । गोरखाको भिमसेन थापा गाउँपालिका २ तान्द्राङ्गका केशव लामिछानेलाई गोर्खाली समाज यूकेले उपचारका लागि ५ लाख २९ हजार ८ सय ६५ रुपैया सहयोग गरेका हुन् । आर्थिक अवस्था अत्यन्त नाजुक भएका लामिछाने रोजगारीको सिलसिलामा भारतमा रहेका बेला कार्तिक १९ गते सडक दुर्घटनामा परि एक खुट्टा गुमाएका थिए ।

८० बर्षे बुवा र ७५ बर्षे आमाका एक्ला सन्तानका रुपमा रहेका लामिछानेको आर्थिक अवस्था नाजुक भएकाले उपचारमा समस्या भएको थियो । २० बर्षका उनि घरको अवस्थाका कारण बिचैमा पढाई छोडेर बिदेशिनु परेको थियो । गत कार्तिकमा भारतको पञ्जाव हिसारमा दुर्घटनामा परि सख्त घाइते उनको आर्थिक अवस्थाकै कारण उपचारमा समस्या भएपछि यूकेमा बस्ने गोरखाका तुलसी प्रसाद अम्गाईको नेतृत्वमा समाजले संकलन गरेको रकम मंगलबार जिल्ला प्रशासन कार्यालमा प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।

Share.

Leave A Reply