लागुऔषध सहित गोरखामा एक युवक पक्राउ

0

मोहसिन अलि मियाँ
गोरखा, १५ माघ
गोरखा आँबुखैरेनी सडक खण्डको चार किलो भन्ने स्थानबाट एक युवक लागुऔषध सहित पक्राउ परेका छन् । गोरखा नगरपालिका १३ स्थित चार किलोबाट सोही स्थानका २३ बर्षिय विश्व गिरीलाई लुकाई छिपाई राखेको अवस्थामा लागु औषध सहित मंगलबार दिउँसो उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

‘केहि दिनअघि देखि नै त्यहा केहि शंकास्पद गतिविधी रहेको भन्ने सूचना आएको थियो, हामीले पनि निगरानी बढाइरहेकै थियौ’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले भने ‘मंगलबार एक युवक रोड छेउमा त्रसित रुपमा भेटिए, हामीले सोधपुछ ग¥यौ, उनको शरिर चेकजाँच ग¥यौ, उनको साथमा ठूलो परिणाममा लागुऔषध रहेछ ।’

गिरीको साथबाट प्रहरीले डाईजेपाम एम्पुल ४२ थान, फेनारगन एम्पुल ४५ थान र नुफिन एम्पुल ४९ थान फेला पारी बरामद गरिएको र हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखीएको डिएसपी नेपालको भनाई छ । मंगलबार नै उनलाई लागुऔषध शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply