नेपाल नेत्र ज्योति संघमा श्रेष्ठ

0

हाम्रो गोर्खा
गोरखा । नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा रामकुमार श्रेष्ठ विजयी भएको छन् । सदरमुकाममा सम्पन्न संघको नवौ साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी रामजी श्रेष्ठलाई ४ मतको अन्तर पछि पार्दै उनी विजयी भएका हुन । विजयी रामकुमारले २१ मत उनका रामजी श्रेष्ठले १७ मत ल्याएका थिए । निर्वाचनमा ५ मत भने बदर भएको थियो ।

अधिवेनबाट देबु मास्के र सन्तोषी श्रेष्ठ जोशी (महिला सदस्य) र सदस्यहरुमा मिरा पाण्डे, सरोज अर्याल, कपिलबावु अर्याल, रुशबावु जोशी, भाईचन्द्र श्रेष्ठ, शित्तलकाजी मास्के, योंग कुमार श्रेष्ठ, सिताराम तिवारी, रामबावु जोशी र संगिता मास्के सदस्य पदमा चयन भएका छन । निर्वाचत सदस्यहरुबाट नै पहिलो बैठकले अन्य पदाधिकारीमा चयन गर्ने विधानमा उल्लखे भएको संघले जानकारी दिएको छ ।

Share.

Leave A Reply