भिमसेनमा नयाँशक्तिको अधिवेशन

0

हाम्रो गोर्खा
गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिकामा नयाँ शक्ति पाटीको अधिवेशन सम्पन्न भएको छ । पार्टीका गाउँपालिका संयाजक रोहित पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय संयोजक डा. बाबुराम भट्टराइृको प्रमुख आतिथ्यता रहेको थियो ।

सनिबारबाट सुरु भएको अधिवेशनले पुनः रोहित पाण्डेलाई अध्यक्ष चयन गरेको छ । जसको उपाध्यक्षमा मिलन न्यौपाने, दुर्गा ढकाल, बच्चु सुनार सचिव ठाकुर पाण्डे, कोषाध्यक्ष सविता भट्ट, सहसचिवमा डिलबहादुर आले, रमेश श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश श्रेष्ठ, भोजबहादुर थापा, राजु कुमाल, भुवन श्रेष्ठ, पुकार कुमाल, पहलमान नेपाली, राबहादुर नेपाली, मोतिलाल सुनार सर्वसम्मत चयन भएको रुपनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा रामबहादुर खड्का, तिलक थापा, हिरा भट्ट, निरमाया श्रेष्ठ, गोपाल भट्ट, वेलकुमारी गुरुङ्ग, सोमप्रसाद शाक्य, शुसिला लामिछाने, वेदप्रसाद लामिछाने, संगिता भट्टराई, फाणिन्द्र बाँनिया चयन भएको उनको भनाई छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई, कुमाल गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्य, केन्दिय सदस्य राजन गोतामे, जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल, नेपाली कांग्रेसका नारायण भट्टराई, भिमसेन काठमाडौं सम्पर्कका मनोहर ढकाल, महिला शक्ति नेपालका जिल्ला संयोजक शान्ता न्यौपाने, गण्डक काठमाडौ सम्पर्क समितिका संयोजक कुष्माखर अधिकारी, युवा शक्ति नेपालका सिमोन कुमाल लगायतले मन्तब्य राखेका थिए । आइतबार समिएको अधिवेशनमा संयोजक पाण्डेले पार्टीको राजनैतिक संगठानिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Share.

Leave A Reply