मुस्लिम संघको गण्डकी भेला सम्पन्न (फोटो फिचर)

0

गोरखा । नेपाल मुस्लिम संघको प्रथम गण्डकी प्रदेश भेला सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रिय समितिको आयोजनामा तथा संघको कास्की जिल्ला कार्यसमितिको सहआयोजना तथा ब्यवस्थापनमा भएको भेलामा प्रदेशभरबाट झण्डै २ हजार नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय कस्कीको प्रांगढमा भएको भेलामा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला, पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुर, अर्जुन जोशी, सुरेन्द्रराज पाण्डे, जिवन परियार, प्रदिप पौडेलले मन्तब्य राखेका थिए ।

त्यस्तै भेलालाई काँग्रेसका कास्कीका सभापति कृष्ण केसी, पूर्वसभापति शुक्रराज शर्मा, यज्ञबहादुर थापा, नेपाल मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष  एवं भेला संयोजक रफिक मियाँ, उपाध्यक्ष डा. अताउल्लाह मन्सुर, नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत, नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, नेपाल मुस्लिम संघका कास्की सभापति हारुन खान पठान लगायतले समेत सम्बोधन गरेका थिए । कार्यक्रम संघका केन्द्रिय महासचिव मुख्तार आलमले संचालन गरेका थिए ।

कार्यक्रममा बिभिन्न क्षेत्रमा रहि मुस्लिम समुदायलाई योगदान पु¥याएको भन्दै बिभिन्न जिल्लाका इमाम, समाजसेवी, पूर्वनेता लगायतलाई सम्मान समेत गरिएको थियो ।

भेलाकै क्रममा बिभिन्न पार्टी परित्याग गरि १ सय ५० भन्दा बढि मुस्लिम समुदायका ब्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनिहरुलाई काँग्रेसका सभापति देउवाले सदस्यता प्रदान गरि स्वागत गरेका थिए ।

हेर्नुस भेलाको १५ तस्विर ः

तस्विर ः मोहसिन अलि मियाँ/हाम्रो गोर्खा डटकम

Share.

Leave A Reply