विद्यालय राजनिति गर्ने थलो होइन ः मन्त्री पोखरेल

0

मोहसिन अलि मियाँ
गोरखा । विद्यालय राजनिति गर्ने थलो नभएको संघिय सरकारका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बताएका छन् । गोरखाको शहिद लखन गाउँपालिका ९ स्थित जनशक्ति मावि नाम्जुङमा भुकम्पपछि जाईकाको ऋण सहयोगमा निर्माण भएको भबन उद्घाटन गर्दै उनले विद्यालयमा राजनितिकरण हुदा नतिजा बिग्रिएको बताएका हुन ।

‘विद्यालयमा शिक्षकहरु राजनिति गर्न आउने होइन, पढाउन आउने हो, शिक्षा दिन आउने हो’ मन्त्री पोखरेलले भने ‘राजनितिले पढाई ध्वस्त बनायो ।’
सामुदायीक विद्यालयको स्वामित्व कसले लिने भन्ने अन्यौल रहेको बताउँदै मन्त्री पोखरेलले देशभरीकै अधिकांश विद्यालयको अवस्था उस्तै रहेको बताए । ‘आजका बालबालिका भोलीका राष्ट्र निर्माता हुन्, उनिहरुको भविश्यमाथी खेलवाड गर्ने अधिकार कसैसंग छैन’ उनले भने राजनिति गर्न विद्यालय बस्नु पर्दैन, फिल्डमा आउनुस् ।’

दुई वर्ष भित्र देशभरका सबै पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने र जिवनउपयोगी सिप विषय विद्यालय तहमा पढाउने योजना रहेको मन्त्री पोखरेलले बताए । पाँच करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको सो विद्यालय निर्माणको जिम्मा डाँफे कन्ट्रक्सनले जिम्मा लिएको थियो । दुई वर्षमा भवनको निर्माण पुरा भएको हो । वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चिरञ्जिवी काप्रीले विद्यालयको अवस्था बारे जानकारी गराएका थिए ।

Share.

Leave A Reply