प्रदेश स्तरिय लोक दोहोरीमा पर्वत पहिलो

0

हाम्रो गोर्खा
गोरखा । दशौं गोरखा महोत्सवकै अवसरमा भएको गण्डकी प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगितामा नवलपुर लोक तथा दोहोरी गित प्रतिष्ठानलाई पछि पार्दे पर्वत प्रतिष्ठान पहिलो भएको छ । बिजेता पर्वतले ४०,००० पुरस्कार पाएको छ भने नवलपूरले २५,००० हजारमा चित्त बुझाएको छ । १२ टिम सहभागी प्रतियोगितामा अस्मिता जिसी र एकराज भण्डारी उत्कृष्ट गायकगायिका घोषित भएका छन् ।
महोत्सवको अबसरमा गरिएको कृषि तथा पशु पर्दशनीका उत्कृष्ट बिजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ । महोत्सवमा म्यान अफ द गोरखा दौड, वक्तृत्व कला प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, झाकी तथा ¥याली लगायतका कार्यक्रम पनि भएका थिए । त्यस्तै पस्लाङ होमस्टे बारेमा अन्र्तक्रिया गरिनुको साथै जिल्लामा कुखुरा पालनका अवस्था र सम्भावनाका बारेमा छलफल भएको थियो ।

Share.

Leave A Reply