घ्याम्पेसाल प्रहरी चौकी उद्घाटन

0

हाम्रो गोर्खा
गोरखा । जिल्लाको भिमसेन थापा गाउँपालिकाको निर्माण भएको प्रहरी चौकी भवन उद्घाटन भएको छ । बेलायती सस्था डिएफआईडीको आर्थिक सहयोगमा वडा नम्बर १ घ्याम्पेसालमा निर्माण भएको उक्त भवन गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी दानसिंह बोहराले उद्घाटन गरेका हुन् ।

समानान्तर निर्माण प्रा.लीले २०७३ चैत्र ५ गतेबाट निर्माण कार्य सुरु गरेको उक्त प्रहरी चौकी भवन २०७५ अशोज २५ गते निर्माण सम्पन्न भएको हो । प्रहरी चौकी घ्याम्पेसालको कार्याललय भवन, आवास तथा भान्छा घरको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रहरी प्रमुख बोहराले आवश्यक स्रोत साधन विना प्रहरीले सोचे काम गर्न नसक्ने भन्दै जिल्लाका सबै प्रहरी चौकी भवन यथाशिघ्र निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख बिमल बस्नेत, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, वडा नम्बर ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष बद्रीनारायण श्रेष्ठ लगायत दाता सस्थाका प्रतिनिधीहरुले समेत मन्तव्य राखेका थिए । जिल्लाका अधिकाशं प्रहरी चौकी अहिले पनि अस्थायी टहरामै छन् । प्रहरी चौकी पुर्ननिर्माणमा ढिलाई हुँदा शान्ति सुरक्षा कायम गर्न समस्या भएको छ ।

Share.

Leave A Reply