सरकारले छान्यो १०० पर्यटकीय गन्तब्य, हेर्नुस गोरखाका कुन-कुन स्थान परे

0

हाम्रो गोर्खा
गोरखा । नेपाल सरकारले देश भित्र रहेर पनि ओझेलमा परेका १ सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने गरी स्थान छनौट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ पर्यटकीय गन्तब्यहरुको छनौट गरेको हो ।

छनौटमा गोरखा जिल्लाका ३ स्थानको समेत नाम समावेश गरीएको छ । गोरखा जिल्लाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय थलो मनकामना पहिलो स्थानमा परेको छ । त्यस्तै गरी शाह वंशिय उदगम थलो मानिएको गोरखा दरबार समेत पर्यटकीय गन्तब्यको नयाँ सुचिमा परेको छ । गोरखाको मनकामना मन्दिर र गोरखा दरबार तात्कालिन राजा राम शाहले निर्माण गरेका थिए ।

त्यस्तै गरी पछिल्लो समय विदेशी तथा स्वदेशीहरुको अत्याधिक रोजाईमा परेको उत्तरी गोरखाको मनास्लु सर्किट ट्रेयल समेत परेको छ । उत्तरी गोरखाको धेरै जसो गाउँ पालिकालाई समेटने यो रुट पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ । निकै रोमान्चक र जोखिम पुर्ण यात्राको लागि परिचित यो ट्रेयलमा प्राकृति र जंगलमा हुने जनावर र जिव जन्तु प्रत्येक्ष हेर्दै यात्रा गर्न पाइन्छ ।

नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सय भन्दा बढी स्थानहरु प्रस्ताव गरी सिफारीस गरीएका थिए । त्यसमध्ये १ सय गन्तब्यलाई मात्र मन्त्रालयले विभिन्न आधारमा तय गरेको थियो ।

नयाँ छनौट भएका पर्यटकीय गन्तब्यहरुमा निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्न योग्य बनाइनेछन् । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका त्यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिने भएको छ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नयाँ गन्तब्यको घोषणा गरीएको हो । नेपाल सरकारले नयाँ गन्तब्य प्रवर्द्धन गर्न ५० करोड रुपैयाँ छुट्याएको छ ।

पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनौट गरीएको मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply