शुभ रहोस दशैं । शुभकामना ।

0

नेपालीहरुको घर आँगनमा घटस्थापनापछि दशैंको चहलपहल सुरु भइसकेको छ । दशैं वर्ष दिनको कामबाट केहीदिन भएपनि फुर्सद, पारिवारिक जमघट, इष्टमित्र साथीभाईसँगको भेटघाट, मिठो खाने, राम्रो लगाउने चाडको रुपमा नेपालीले मनाउँदै आएको चाड हो ।

हिन्दु धर्ममा दशैंलाई रावणमाथि रामको अर्थात् असत्यमाथि सत्यको विजयको रुपमा मनाउने पर्वको रुपमा लिइन्छ । तथापी कृषि प्रधान देश नेपालमा कृषि कार्यबाट कृषकहरुले फुर्सद पाउने यो समयमा दशैं मनाउनुको छ्ट्टै महत्व छ ।

वर्षभरि आ–आफ्नो काममा व्यस्त रहनुपर्ने भएकोले दशैंको बिदाले मानिसहरुलाई केही भएपनि राहत दिनेगर्छ ।

असत्यमाथि सत्यको बिजयको रुपमा मनाइने दशैंले देशले आर्थिक, राजनितिक, सामाजिक सम्वृद्धिको बाटो समात्न सकोस, बिजयादशमी–२०७५ को उपलक्ष्यमा हाम्रा पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक, शुवेच्छुक एवम सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना !
हाम्रो गोर्खा डटकम परिवार । hamrogorkha.com

Share.

Leave A Reply