सिरानचोकमा नेकपाको शुभकामना आदानप्रदान

0

हाम्रो गोर्खा
गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सिरानचोक गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सिरानचोक गाउँ संयन्त्रको आयोजनामा दशै, तिहार, छट नेपाल सम्वत लगायतको अबसरमा शुभकामना आदानप्रदान गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको काम सबैले अनुभूती गर्ने छिटै दाबी गरेका छन् । ‘यतिञ्जेल हाम्रा केही आन्तरिक तयारीहरु पनि थिए’ उनले भने ‘तपाइँहरुले अब छिट्टै सरकारको काम अनुभूत गर्न पाउनुहुन्छ ।’ अहिले नेपालमा इतिहासकै बलियो सरकार बनेको भन्दै उनले नेपाली जनताको तिब्र बिकास र समृद्धिको सपना यही सरकारले पुरा गर्ने बताए ।

सोही अनुरुपमा सरकार लागि परेको उनको भनाई छ । वडा नम्बर ४ को चोरकाटेमा भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले जिल्लाका विभिन्न बिकास निर्माणका काम गर्न आफू लागि परेको बताए । ‘उत्तरी गोरखाको नाका खोल्न हामी जोडबलले लागि रहेका छौ’ उनले भने ‘गोरखाको बिकासका लागि चिनसँग सिधा सम्र्पक आवश्यक छ ।’

नेकपा सिरानचोकका नवराज पुडासैनीको अध्यक्षता तथा श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेकपाका प्रेम गुरुङ, सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ, चम्पा कुमाल लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply