happy dashain design

विश्व दृष्टि दिवशमा गोरखा लायन्सले ग¥यो अन्तरक्रिया

0

हाम्रो गोर्खा
गोरखा । आँखाको हेरचाहमा बिशेष ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् । विश्व दृष्टि दिवशको अबसरमा लायन्स क्लव अफ गोरखाले गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाश सरोकारवालाले आँखाको उपचारमा हेलचक्रयाई नगर्न आग्रह गरेका हुन् ।

पछिल्लो समय बालबालिकाहरुमा आँखाको अल्छिपना देखिन गएको भन्दै विशेष ध्यान दिनु पर्ने नेत्र सहायक बिशाल ढकालले जानकारी दिए । ‘वच्चामा सबै भन्दा बढि समस्या छ, परिवारले विशेष ख्याल राख्नु पर्छ’ उनले भने ‘आफ्ना वच्चाहरुका कम्तिमा एक पटक आँखा जाँच गराउन राम्रो हो ।’

कार्यक्रम प्रस्तावित लायन्स आँखा अस्पतालले गरेका गरेका गतिविधि, आँखाको हेरचाहका लागि अपनाउनु पर्ने सावधानी लगायतको बारेमा नेत्र सहायक ढकालले सहभागीलाई जानकारी गराएका थिए । हिमालय आँखा अस्पताल, गोरखा लायन्स आँखा सर्जिकल सेन्टर र आँखा केयर फाउण्डेसनको सहकार्यमा सञ्चालित प्रस्तावित लायन्स आँखा अस्पतालले विशेषज्ञ सहितको आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।

विद्यालयहरुमा आँखा सुरक्षाका लागि सचेतनामुलक कार्यक्रम गर्नुका साथै हरेक महिनाको १९ र २० गते आँखा शिविर समेत भइरहेको लायन्स क्लव अफ गोरखाका सचिव लक्षमणबाबु आर्चायले जानकारी दिए । गत वर्ष जिल्ला भर ९ वटा आँखा स्वास्थ्य जाँच शिविर सञ्चालन गर्नुका साथै २५० बिरामीको आँखा अपरेसन गरिएको नेत्र सहायक ढकालले बताए ।

लायन्स क्लव अफ गोरखाका प्रथम उपाध्यक्ष अचुतलाल श्रेष्ठको अध्यक्षता तथा पत्रकार महासघंका अध्यक्ष किशोरजंग थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरुषोतम अर्याल लगायतले पनि लायन्सका गतिबिधीका बारेमा जानकारी गराएका थिए ।

Share.

Leave A Reply